पचालझरनाको पिसिआर गर्दा १३ जना कोरोना संक्रमित

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले पहिलो पटक पिसिआर परिक्षण गर्दा ६७ जनामा १३ जना संक्रमित देखिएको बताइएको छ ।पचालझरना गाउँ पालिकाले सोमबार लिएको पिसिआर स्वाब परिक्षणमा १३ जनामा कोरोना थपिएको बताइएको छ ।

पचालझरना गाउँ पालिका स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालका अनुसार कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आएको ६७ जनाको नतिजामा १३जनामा कोरोना पोजिटिभ देखिएको बताउनु भएको छ ।

वहाँका अनुसार जिल्ला बाहिरका १ जना, पचालझरना १का ४ जना,वडा न. २का ३ जना र वडा न. ८का ५जना गरी १३ जना रहेको बताउनु भएको छ । त्यसै गरी एन्टिजेन चेकमा ३ जना कैफि आइसालेसनमा रहेको बताइएको छ ।
कोरोनाको रिर्पाेट आइसके पछि भयावह रुपमा फैलिएको मौषमि ज्वरोका कारण कोरोनाको संकेत समुदाय स्तरमा सामान्य रुपमा फैलिदै जान थालेको स्वस्थ्य शाखा प्रमुख संज्यालको भनाई रहेको छ ।

यसका लागि योजना बनाई अघि बढ्ने वहाँको भनाई रहेको छ । जिल्लामा किड अभाव भइरहेको अवस्थामा एक सय पिसिआर किड ल्याएर पचालझरनाका नागरिकहरुलाई स्वस्थ्य क्षेत्रमा सेवा दिएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

पछिल्लो २४ घण्टामा कालीकोटमा ४८ जना थपिएका छन । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका व्यवस्थापक कटक महतका अनुसार एन्टिजेन परिक्षणका क्रममा १३ महिला र २३ जना पुरुष गरी ४८ जना थपिएका हुन भने १६ जना निको भएर घर फर्किएको बताइएको छ । हाल सम्म कालीकोटमा ६ सय २९ जना रहेका छन भने ३ सय ६१ जना निको भएर घर गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित