पौने तिन वर्षमा मन्त्रि हुंदा सिकाइको पाठशाला बन्यो — पूर्व मन्त्रि विमला केसी

7
SHARES
15
VIEWS
सुर्खेत । लामो समय मन्त्रि भएर कर्नालि प्रदेशको विकासका लागि नितान्तै रुपमा लागि पर्नु भएको आर्थिक मामिला तथा योजना मन्त्रि विमला केसीले जांदै गर्दा कर्नालिका जनताका लागि राम्रो गरेको र यस अवधिमा सिकाइको पाठशाला भएको दावि गर्दै यसो भन्नु भएको छ ।
नेपाली जनताकाे लामाे संघर्ष र वलिदान पश्चात निर्मित नयाँ संविधानले स्थापित गरेकाे संघियता कार्यान्वयनका क्रममा नेपालमा नितान्त नयाँ संरचना काे रुपमा स्थापित प्रदेश सरकारकाे संस्थापक सदस्यका रुपमा कर्णाली प्रदेश सरकार काे भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री २०७४ फाल्गुन ६ गते देखि २०७८वैशाख ५ गते सम्म ठिक तीन वर्ष २ महिना, सामाजिक विकास मन्त्री २५ दिन र ३१ दिन आर्थिक मामिला तथा याेजना मन्त्री र सरकारमा रहँदाकाे पूरा अवधीभर सरकारकाे प्रवक्ताकाे जिम्मेवारीमा रहेर काम गर्ने अवसर प्राप्त भयाे।
नितान्त नयाँ प्रदेश सरकारकाे संरचनामा रहेर काम गर्दा थुप्रै चुनाैतीहरु र सिमाका विचमा कर्णालीको समग्र विकास र समृद्धिको लागि मेरो तर्फवाट क्षमताले भ्याएसम्म कम्युनिस्ट अार्दशता ,नैतिकता र मुल्यमान्यतामा रहि विधीकाे शासन,पारदर्शिताका साथै कृषि ,सहकारी र गरिवी निवारणकाे क्षेत्रमा केही महत्त्वपूर्ण कामहरुकाे शुरुआत गरेर कर्णालीकाे समवृद्धीकाे यात्रामा वलियाे जग वसाउने इमानदार प्रयत्न गरें। जिम्मेवारीमा रहँदाका ३ वर्ष पाैने ३ महिनाकाे याे कार्यकाल सिकाईकाे क्षेत्रमा ठुलाे पाठशाला वन्याे जसवाट म निकै गौरवान्वित भएकी छु।
याे अवसरका लागि विशेषत:
कर्णाली वासी आदरनिय जनसमुदाय, नेकपा(माओवादी केन्द्र), श्रद्वेय अध्यक्ष कमरेड प्रचण्ड, कर्णाली प्रदेशका ईन्चार्ज कमरेड प्रभाकर लगायतका आदरनिय नेता कमरेडहरु प्रति म आभारी छु। आगामी दिनमा पनि कर्णालीको विकास र समृद्धिको यात्रामा अहोरात्र खटीरहने प्रतिवद्दता व्यक्त गर्दछु। अवसरको वितरणवाट नेतृत्वको विकास गर्ने पार्टीको निर्णयको उच्च सम्मान र कदर गर्दै आज सम्म समालिरहेको प्रदेश सरकारको विभागिय जिम्मेवारीबाट सगर्व विदा लिंदै प्रदेश सरकार र कर्णालीवासी जनसमुदायको सेवामा समर्पित रहने प्रतिवद्दता गर्दछु।
मलाई प्राप्त यस अवसरका लागि पार्टी र आदरनिय नेता कमरेडहरु, प्रदेश प्रमुख, विशेषगरी कार्यकालभरी जिम्मेवारी वहनका क्रममा मार्गदर्शन गर्ने माननीय मुख्यमन्त्री ज्यु, सभामुख ज्यु, राजनीतिक दलका प्रमुख नेताज्युहरु, मन्त्रीज्युहरु,उपसभामुख ज्यु,विषयगत समितिका अध्यक्ष ज्युहरु, प्रदेश सभाका माननीय सदस्य ज्युहरु याेजना आयाेगका उपाध्यक्ष तथा सदस्य ज्युहरु, लाेकसेवा आयाेगका माननीय अध्यक्ष तथा माननीय सदस्य ज्युहरु, मुख्य न्यायधिवक्ता ज्यु, प्रमुख सचिव, सचिवज्युहरु, प्रदेश सभाकाे सचिवालय साथीहरु मन्त्रालय संग अन्तर सम्वन्धीत सवै रास्ट्रसेवक कर्मचारी साथीहरु, पत्रकार साथीहरु तथा सवै पेशामा आवद्घ सराेकार वाला आदरनिय व्यक्तित्व तथा शुभचिन्तक साथीहरु , स्वकिय तथा निजि सचिवालयका साथीहरु र आम जनसमुदाय प्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछु।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित