माधव नेपाल समूहको कारबाही फुकुवा, कांग्रेसलाई तनाब

7
SHARES
15
VIEWS

काठमाडौं। नेकपा(एमाले) केपि ओलि समुहले माधवकुमार नेपालसहित चार नेताहरूको कारबाहीको निर्णय फुकुवा गरेको छ ।

कारबाही फुकुवा भएसँगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना निकै कम भएको छ ।

बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णय गरेको एमालेका एक नेताले बताएका छन् ।

नेपाल समूहका सांसदहरूले बिहीबार सामूहिक राजीनामा दिने चर्चा भइरहेका बेला एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले काबाही फुकुवा गरेर आफू पुनः प्रधानमन्त्री बन्ने बाटो खोलेका छन् ।

माधव नेपाल र विष्णु पौडेलबीच बिहीबार बिहान कोटेश्वरस्थित निवासमा वार्ता भएपछि स्थायी कमिटीको बैठक बसेर कारबाही फुकुवा भएको छ ।

उता नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवा भने बहमत भएको दावि सहित राष्टपति कार्यालयमा जाने तयार गरिहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित