एकै दिन थप ६ हजार १३५ जना कोरोनामुक्त

7
SHARES
15
VIEWS

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार १३५ जना कोरोनामुक्त भएका छन् ।

योसहित निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ ।

गत २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ४६७ जना र एन्टिजेनबाट ५३ जना गरी थप ८ हजार ५२० जनालाई संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ जना रहेको छ ।

२४ घण्टामा थप २०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित