सिकु घट्टेखाला सडकमा पहिलेको आंखाले हेर्नु हुन्न अहिले उल्लेखनिय काम भएको छ — अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले वडा न.१ र २को विचमा पर्ने घट्टेखोलाको सडक दुई वर्ष अघिको भन्दा अहिले उल्लेखनिय काम भएको बताउनु भएको छ ।

स्थलगत अनुगमनका क्रममा अध्यक्ष सेजुवालले दुई वर्ष अघि ट्याक खोल्दाको बाटो भन्दा अहिले दुइ गुणा काम भएको र वर्षातले केही असर नपार्ने हो भने  सिकु सम्म यातायातका साधन संञ्चालनमा कठिनाइ नहुने बताउनु भएको छ ।

पणेक्षा हुंदै अल्क्या भिरमा २० मिटर मात्र सडक बांकी रहेको र अन्य ठाउँमा सडकको स्तरउन्नेति भएको दावि गर्दै अध्यक्ष सेजुवालले डौंठे सम्मको सडक स्तरउन्नतिको काम दुर्तगतिमा भएको बताउनु भएको छ ।

वहाँका अनुसार सडक निर्माणका ठेकेदारले काम गरे अनुसारको रकम पालिकाले भूक्तानि गरेको र कसैले दाबि गर्ने वित्तिकै भूक्तानि नहुने स्पष्ट  पार्नु भएको छ ।सो सडक १९ लाखको लगानीमा बनेको बताइएको छ । अहिले ४२ लाख कस्ले भनेको गाउँ पालिकालाई जानकारी नभएको अध्यक्ष सेजुवालले बताउनु भएको छ ।

पणेक्षा देखि सिकु सम्मको सडकको यहि जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन उद्घाटन गरिने अध्यक्ष सेजुवालको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित