पचालझरना गाउँ पालिकामा स्वस्थ्य र सुरक्षाकर्मिलाई सत प्रतिशत भत्ता दिइने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले कोरोना महामारीका समयमा खटिने कर्मचारीहरुलाई ५० देखि सतप्रतिशत भत्ता दिने भएको छ । पचालझरना गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारीका समयमा खटिने स्वस्थ्यकर्मि तथा सुरक्षाकर्मिलाई वर्गिकरण गरेर भत्ता दिने भएको हो ।

गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले निरन्तर रुपमा काम गर्ने र आंशिक रुपमा काम गर्ने कर्मचारीलाई वर्गिकरण गरेर भत्ता दिन लागेको बताउनु भएको छ । वहाँले भन्नु भयो प्रत्येक वडाले विपद समिति गठन गरेर चेतनामुलक कार्यक्रमका साथै विरामीको डाटा अविलम्ब गाउँ पालिकाको स्वस्थ्य शाखामा दिन समेत अनुरोध गर्नु भएको छ । लामो समय देखि विग्रेको एम्बुलेन्सलाई मर्मत गर्ने यदि मर्मत नहुञ्जेल सम्मका लागि जिप भाडामा लिएर पनि उपचारको लागि व्यवस्थापन गर्न अनुरोध गर्नु भएको छ ।

अहिले जिल्ला स्वस्थ्य सेवा कार्यालय संगको समन्वयमा विरामीको रिफरको काम गर्ने भइरहेको र एक हप्ता भित्र १० वटा सिलिण्डर ग्यासको व्यवस्थापनमा पालिका लागेको बताइएको छ । पचालझरना गाउँ पालिकाका स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले पालिकाका कुनै पनि विरामीको असहजता नआउने गरी व्यवस्थापन समेत गरिएकाृ बताउदै एक द्धारबाट सुचना प्रवाहमा जोड दिन आग्रह गर्नु भएको छ ।

अहिले पचालझरनामा एक दर्जन बढि संक्रमित रहेको २ जना रिफर गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित