छोराको मुख देख्न नपाउदै आमाको ज्यान गयो

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा एक सुत्केरी महिलाको ज्यान गएको छ ।

स्वास्थ्य चौकी स्युनामा उपचारका क्रममा छोरा जन्माएर रास्कोट नगरपालिका ६ बड्डाला निवाशी मान बहादुर फर्सालकी श्रीमती १९ वर्षीया निशा फर्शालको ज्यान गएको छ ।

आरसिपी बजारमा रहेको स्युना स्वास्थ्य चौकिमा सुत्केरी गराउन गएकी निशा फर्शालको मङ्गलाबर मृत्युु भएको बताइएको छ ।

उनलाइ यस अघि थप उपचारका लागि स्युना स्वास्थ्य चौकिले रास्कोट अस्पतालमा पठाइएकोमा भिडियो एक्सरे गरेर बच्चाको अवस्था सामन्य भएपछि घर पठाइएकोमा थप उपचारका लागि केही पहल नगरी घरमा बसेको तर सुत्केरी ब्यथा लाग्दा पुन स्वास्थ्य चौकी स्युनामा हिजो राती आएको र बिहान चार बजे बच्चा जन्मीसके पछि व्यापक मात्रामा रक्तस्रावका कारण ज्यान गएको बताइएको छ ।
स्युना स्वास्थ्य चौकिका प्रमुख धन बहादुर फडेराले आमाको अवस्था जटिल देखेर रास्कोट अस्पतालमा पठाउन लागेको बताउदै निशा फर्सालको स्वास्थ्य चौकी स्युनामा ज्यान गएको बताए । बच्चाको तिन किलो ग्राम रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य चौकी प्रमुख फडेराले बताए ।

उनले भने राती थप उद्दारका लागि पहल गर्न संभावना कमै थियो सोही अबस्थामा सुत्केरीको ज्यान गएको स्वास्थ्य सस्थाले जनाएको छ ।

तस्बिर सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित