पछिल्लो २४ घण्टामा ७ हजार ८९० जनाले जिते कोरोना

7
SHARES
15
VIEWS

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ८९० जना कोरोनामुक्त भएका छन् ।

योसहित निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ जना पुगेको छ ।

गत २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर र ८७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ जना रहेको छ ।

२४ घण्टामा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार २४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित