पलाँतामा अत्यावश्यक बाहेक सबै सेवा बन्द

7
SHARES
15
VIEWS

कालीकोट । कोरोनाको महामारी बढ्दै गएपछि पलाँता गाउँ पालिकामा अत्यावश्यक सेवा बाहेक अन्य गतिविधि बन्द गर्ने भएको छ ।                                            पलाता गाउँ पालिकामा कोरोना महामारी रोक्न उच्च सतर्कता अपनाउन थालेको छ । पछिल्लो समयमा पलाताका गाउँमा उच्च जोखिम बढ्न थालेपछी सतर्कता अपनाउन थालिएको हो ।

कोरोनाको अवस्थालाइ मध्ये नजर गर्दै पलाता गाउँ पालिकामा रहेका बजारहरु सिल गरिएको छ ।

यस अघि बसेको विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार जेठ ७ गते देखि जेठ १३ गते साँझ सम्मका लागि पलाँताको बार्खे बजार, राढुनेटा बजार, कहदेव बजार, जाँफे बजार र दुर्सी बजार लगायतका ठाउँहरुमा आवत जावत बन्द गरिएको उद्धार समितिका संयोजक बिष्णु बहादुर रोकाया ईन्द्रले बताए । पलातामा बिहान ८ बजे देखि १० बजे सम्म खाद्यान्न पसल खुल्ला गरिने र स्वास्थ्य सस्थाहरु चौबीसै घण्टा खुल्ला रहने उनले बताए।
हालसम्म पलाँतामा ३ जना महिला र १९ जना पुरुष गरि जम्मा २२ जनामा कोरोना पोजेटिभ रहेकोमा १२ जनाले भने कोरोना जितेर घर फर्किसकेका छ्न ।

ती मध्ये दुईजना होम आईसुलेसन र ८ जनाको आईसोलेसनमा रहेको पलाँता अस्पतालका प्रमुख डा. विजय कुमार महत्तोले बताए ।

पलांता गाउँ पालिका स्वस्थ्य शाखाले ज्वरोले गाउँनै जोखिममा रहेको वडा न. २ बान्जाडामा कोरोना परिक्षणको क्रममा १५ जनामा ९ जना संक्रमित देखिएपछि गाउँलाई निशेधाज्ञ गरिएको थियो ।

प्रमुख महत्तोलाइ उदृत गर्दै स्वास्थ्यकर्मिको टोलिले दैनिक जसो स्वास्थ्य जाँच गरिरहेको पलाँता अस्पतालका सूचना अधिकारी संकर प्रसाद बरालले बताए ।
कालीकोटमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित