कालीकोटमा निशेधाज्ञ थप, झन कडाइ गरिने, के के गर्न पाइन्छ ?

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारी नियन्त्रण नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले थप एक हप्ताका लागि निशेधाज्ञ थप गरेको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य द्वारा जारी सुचनामा जेष्ठ ९ गते राती १२ बजे देखि १६ गते  राती १२ बाए सम्मका लागि थप गर्दै बिगतको भन्दा थप कडाइ गरेको हो ।

यस अघि बैशाख २६ गते देखि शुरु भएको निशेधाज्ञ एक हप्ताको लागि थप गर्दै आएको थियो । जारी सुचनामा अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्ने उल्लेख छ ।

सुचनामा बिहेका लागि बढिमा १० जनाको सहभागितामा प्रमुख जिल्ला अधिकारीको पुर्ब स्वीकृत लिएर गर्न पाइने बताइएको छ ।

त्यस्तै बिकास निर्माणका काम, गोष्ठी सेमिनार बन्द गर्ने ,पसल खुला गर्न नपाइने लगाएतका क्रियाकलापहरुमा रोक लगाएको छ ।

हाल सम्म कालीकोटमा ३ जनाको ज्यान गैसकेको छ भने शनिबार सम्म ३ सय ५७ जना सक्रिय संंक्रमित रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटको  निशेधाज्ञ आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित