रास्कोटमा कोभिड व्यवस्थापनमा अभाव हुन दिएका छैनौं–उपप्रमुख मिमसरा बम

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाका उपप्रमुख मिमसरा बम(शाही)ले कोभिड व्यवस्थापनमा स्थानिय सरकार उच्च सर्तकता अपनाउदै लागि परेको बताउनु भएको छ ।

पछिल्लो समयमा विभिन्न निकायको सहयोगमा रास्कोट अस्पतालमा प्रयाप्त मात्रामा सामाग्रि लगाएतका सामान सहयोग भएको र नगर सरकारले उचित व्यवस्थापन गरेकाले कुनै अभाव नहुने बताउनु भएको छ । रास्कोट नगरपालिकामा कोरोनाका लक्ष्यण देखिएका विरामीहरुको स्वस्थ्य परिक्षण गरिएको र हाल कोरोनाको अवस्था न्युन हुंदै गएको बताउनु भएको छ ।

उपप्रमुख बमले प्रदेश सरकार, रवि लामिछाने फाउण्डेसन,युनिसेफ नेपाल,किर्डाक, रेडक्रस सोसाइटी कालीकोट शाखा,रास्कोटका जिल्ला बाहिर तथा विदेशमा रहेका शुभचिन्तकहरुको सहयोगले कोभिड व्यवस्थापनमा ठुलो राहत भएको बताउनु भएको छ ।

रास्कोट नगरपालिकाका युवाहरुले जापानमा आफुले काम गरेको कमाई र विभिन्न निकायबाट सहयोग संकलन गरेर अक्सिजन सिलिण्डरका लागि १ लाख ५० हजार बराबरको सहयोग पठाएको समेत बताउदै उपप्रमुख बमले सहयागि दाता तथा व्यक्तिलाई नगरसरकारले धन्यवाद दिएको बताउनु भएको छ ।

अहिले रास्कोट अस्पतालमा ३७ वटा अक्सिजन सिलिण्डर रहेको र प्रयाप्त मात्रामा बेड लगाएत व्यवस्थापन भएको बताउदै रास्कोट अस्पतालका प्रबन्धक निर्देशक कौशल न्यौपानेले हाल रास्कोट अस्पतालमा १३ जना संक्रमित रहेको बताउनु भएको छ ।
रास्कोट नगरपालिकाको स्वस्थ्य शाखा प्रमुख पूर्ण शाहीले कोभिड व्यवस्थापनका लागि स्वस्थ्य शाखा निरन्तर रुपमा लागि परेको बताउदै होम आइसोलेसनमा रहेका विरामीहरुलाई घर दैलो भेटघाट कार्यक्रम शुर गर्ने बताउनु भएको छ ।
गएको वर्ष कोरोनाको पहिलो लहरमा रास्कोटले जिल्लाको सबै भन्दा राम्रो व्यवस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित