नरहरिनाथमा रेडियो सुनथरालिको परिक्षण प्रशारण शुरु

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहले आफ्नै रेडियो स्थापना गर्ने क्रम संगै नरहरिनाथ गाउँ पालिकाले आफ्नै रेडियोको शुरुवात गरेको छ ।

आज देखि परिक्षण प्रशारण शुरु गरेको रेडियो सुनथरालि एफएम ९०दशमलव ६ मेगाहर्जको शुभारम्भ गरेको हो । नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिर बहादुर विष्ट, उपाध्यक्ष मनशोभा बुढाले परिक्षण प्रशारणको शुभारम्भ गर्नु भएको हो । उक्त रेडियोले आज देखि नरहरिनाथ गाउँ पालिकाका समुदायलाई सुचनाको पहुंचमा ल्याउन सफल भएको नरहरिनाथ गाउँ पालिकाका निमित्त कार्यकारी प्रमुख दुर्गालाल न्यौपानेले बताउनु भएको छ ।

पछिल्लो समयमा स्थानिय तहले रेडियो खोल्ने क्रम बढे संगै शुभकालिका गाउँ पालिका, पलांता गाउँ पालिकाले यस अघि रेडियो संचालन गरीसकेका छन ।

त्यसै गरी नरहरिनाथ गाउँ पालिकाको प्रशासनिक केन्द्र कुमालगाउँमा मालबाहक गाडी समेत पुगेपछि गाउँ पालिकामा खुशियालि छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित