काठमाडौँ । गण्डकी प्रदेश सरकार ढलेको छ ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै एमाले नेतृत्वको सरकार ढलेको हो ।
बिहीबार विश्वासको मत मागेका गुरुङले बहुमत प्राप्त गर्न सकेनन् । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका थिए ।
मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत मात्र परेको थियो भने विपक्षमा ३० मत परेको थियो । ६० सदस्य रहेकामध्ये ५८ जना उपस्थित थिए भने ५७ जनाले मत हालेका थिए ।
Discussion about this post