विप्लव नेकपाका प्रवक्ता प्रकाण्डको गाउँमा अनेरास्ववियु(क्रा) द्धारा कोरोना स्वस्थ्य शिविर

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव निकट नेकपाको भातृ संगठन अनेरास्ववियु(क्रा)केन्द्रिय समितिको अयोजनामा नरहरिनाथ गाउँ पालिकाको माल्कोटमा कोरोना स्वस्थ्य शिविर संचालन गरिएको छ । विहवार अनेरास्ववियु(क्रा)का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकको अगुवाइृमा कोरोना स्वस्थ्य शिविर संचालन गरिएको हो ।

उक्त शिविरमा एक सय ५० जनाको स्वस्थ्य परिक्षण गरिएको बताइएको छ । कोरोनाका लक्षण देखिएका ३७ जनामाको एन्टिजेन परिक्षण गरिएकोमा ७ जनामा कोरोना लक्षण देखिएको बताइएको छ । स्थानियले गाउँमा आएर कोरोनाको अक्सिजन सहितको औषधि उपलब्ध गराइ स्वस्थ्य परिक्षण गरिएकोमा प्रकाण्डलाई धन्यवाद दिएका छन ।

स्थानिय विप्लव नेकपाका जनसरकार प्रमुख समेत रहेका अर्जुन विकका अनुसार माल्कोटका स्थानियलाई मात्र नभई जिल्लाका अन्य स्थानमा समेत स्वस्थ्य शिविर संचालन गर्ने बताएका छन ।

कोरोना शिविर विहवार शुरु भइ शुक्रवार सम्म संचालन हुने अनेरास्ववियु(क्रा)का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकले बताएका छन ।
कालीकोटको माल्कोट विप्लव नेकपाको प्रभावित क्षेत्र हो भने विप्लव नेकपाका केन्द्रिय स्थायि कमिटि सदस्य तथा पार्टीका प्रवक्ता समेत रहेका खडग बहादुर विश्वकर्मा(प्रकाण्ड)को गाउँ हो । गएको स्थानिय तहको निर्वाचनमा मतदान केन्द्रमा आक्रमण पछि प्रहरीको गोलि लागेर एक जना स्थानियको मृत्यु भएको थियो ।

कोरोना नियन्त्रणका लागि गरिएको स्वस्थ्य शिविर संगै नरहरिनाथ गाउँ पालिकाको प्राथमिक स्वस्थ्य केन्द्र कुमालगाउँ,रास्कोट अस्पताल र जारकोट स्वस्थ्य चौकीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिने नेकपाका जिल्ला सेक्रेटरी मनिलाल ऐडी (रणदिप)ले बताए ।

उनले भने जिल्लाका अन्य ठाउँमा साबुन माक्स लगाएतका स्वस्थ्य सामाग्रि हस्तान्तरण कार्यक्रम समेत रहेको बताएका छन । यस अघि गतिविधि सुनसान रहेको विप्लव निकट नेकपाले पछिल्लो समय समुदाय स्तरमा गतिविधि बढाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित