पचालझरनाको सरस्वति मावि सिकुको नाममा जग्गा रहेको रहस्य खुल्यो

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको सिकुमा रहेको सरस्वति माध्यमिक विद्यालयमा निर्माण हुने लागेको दुई कोठे भवन विद्यालयको आफ्नै जमिनमा बन्ने भएको छ ।

सरस्वति माध्यमिक विद्यालयको नाममा जग्गा २०२९ सालमा जग्गाधनि देउराम ऐडी र दिप बहादुर शाहीले जग्गादान दिएको रहस्या खुलेको हो ।

विद्यालय स्थापना गर्ने तत्कालिन प्रधानपंञ्च धर्मे न्यौपानेको पहलमा स्थापना भएको उक्त विद्यालयका संस्थापक समेत रहेका देउराम ऐडीले आफै जग्गा दिएर कक्षा एकको पढाइ शुरु गरिएकोपढाइ शुरु गरिएको स्थानियले बताए । स्थानिय धर्मे ऐडीका अनुासर त्यो समयमा जग्गा दिन कसैले मानेन तर आफै देउराम काकाले जग्गा दिएर विद्यालय शुरु गरिएको हो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बर्म ऐडीले उक्त जग्गा २०२९ सालमा विद्यालयको नाममा रहेको ठाउँमा भवन निर्माण गर्न लागेको बताएका छन । उनले भने कसले विद्यालयको नाममा जग्गा छैन भनेको के कसरी भनेको आफुलाई कसैले नसोधेको बताए ।

त्यसै गरी केही मिडियाले उक्त जमिन अभाव भएको भन्ने आरोपको खण्डन गर्दैै प्राविधिकको स्टामेट अनुसार सो भवन निर्माण हुने बताइएको छ ।
पचालझरना गाउँ पालिकाको वडा न. १को सिकुमा रहेको सरस्वति माविको दुइृ कोठे भवनको गाउँ पालिका उपाध्याक्ष तारा न्यौपानेले सिलान्यास गरेको भवनको लागि राष्टपति शैक्षिक सुधार कार्यक्रमको १८ लाख लगानिमा निर्माण हुने बताइएको छ ।
विद्यालयका बारेमा नचाहिदो खवर प्रवाह गरेको प्रति विदालय व्यवस्थापन समितिको गम्भिर ध्यानाकषर्ण भएको र उक्त समाचारको बारेमा सुचना विभाग लगाएका निकायमा प्रक्रिया अघि बढ्ने विद्यालयले जनाएको छ ।
स्थानिय गोपाल खड्काले विद्यालयको भवन निर्माण बन्न नदिने मनसाय भएकाहरुले बखेडा झिकेको बताउदै सम्बन्धित पक्ष संग कुनै पनि प्रतिक्रिया नलिइ समाचार सम्प्रेषण गरिएकाले पत्रकार आचारसंहिता अनुसार अघि बढ्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित