कालीकोट ।बिप्लव नेतृत्वको नेकपा कालीकोटले स्वास्थ्य तथा सरसफाई अभियान अन्तरगत पचालझरनाको लाफाका ५५ घरधुरी नुहाउन साबुन र मास्क बितरण गरेको छ ।
नेकपा कालीकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप)जिल्ला कमिटी सदस्य तुलक्षे टमट्टा(तखत) सरसफाइ सामाग्री हस्तान्तरण गरिएको बताइएको छ । उक्त कार्याक्रममा कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी रणदिपले बस्तु दिएर भन्दा पनि स्वास्थ्य सम्बन्धी चेतना दिनका लागि यो अभियान थालिएको बताउनु भयो ।
कोरोना महामारीको बेला नेकपाले थालेको अभियानले हामी निकै खुसी छौ लाफा का स्थानीयले बताएका छन । अभियान जिल्ला भरी चलाईने कुरा जिल्ला सेक्रेटरी मनिलाल ऐडी(रणदिप) ले जानकारी दिनु भएको छ ।
पचालझरनाको कोटिलामा साबुन बितरण गर्नुका साथै आज पनि नरहरिनाथ गाउँ पालिकाको माल्कोटमा अनेरास्ववियु (क्रा)ले संचालन गरेक निशुल्क कोरोना स्वास्थ्य शिबिर संचालन गरेको छ ।
बिहीबार शुरु भएको शिबिरमा कोरोना परिक्षण समेत गरिएको थियो । स्वास्थ्य शिबिरमा १ सय ५० बढिको स्वास्थ्य परिक्षण गरिएको थियो ।
Discussion about this post