कालीकोट । अखिल (क्रान्तिकारी)कालीकोटले पहिरोमा परी मृत्यु भएका खाडाचक्र ६ दाहाका बले बिकका घरपरिवारलाई खाद्यान्न सहित लत्ताकपडा सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल(क्रा)ले पिडित परिवारलाइ घरमा पुगेर १० कट्टा चामल,१० केजि दाल,१० प्याकेट तेल र सिरग डस्ना सहयोग गरेको बताइएको छ । उक्त राहत बितरणमा अखिल(क्रा) का केन्द्रिय सदस्य भिम प्रसाद आचर्य,जिल्ला संयोजक मनशिङ्ह शाही लगाएतका विद्यार्थी नेताको उपस्थितिमा सहयोग गरिएको संयोजक शाहीले बताउनु भएको छ । यस अघि केपि ओलि निकट अनेरास्ववियु र युबा संघले पनि बले बिकका परिवारलाइ खाद्यान्न सहित नगद सहयोग गरेका थिय ।
Discussion about this post