कालीकोट । पचालझरना वडा नम्बर १ सिकु निवासि अशंक बहादुर शाहीको हत्यामा संलग्न तिन जनालाई भारतको उत्तर प्रदेशमा नियन्त्रणमा लिएको छ ।
भारतमा काम गर्दै आएका शाहीको मदिरा सेवन गरी हत्या गरिएको थियो । प्रहरी नियन्त्रणमा रहेका बाजुरा घर बताउने वर्ष ४५ कमल रोकाया, अछाम घर बताउने ५५ वर्षका शेर बहादुर बुढा र मुगु घर बताउने ४२ वर्षका करणबहादुर शाही रहेको बताइएको छ । हाल तिनै जना कोही कोहलपुर र कोही सुर्खेतमा बस्दै आएको बताइएको छ । घरपरिवारको सहयातामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक अशंक बहादुर शाहीका दाजु दुर्ग बहादुर शाहीका अनुसार उनिहरुले संगै बसेर मदिरा सेवन मात्र नभई औषधि समेत सेवन गर्न लगाई लुटपाट गरी हत्या गरेको हुन सक्ने बताएका छन ।
प्रहरी समक्ष जाहेरी दिएको र कानुनि प्रक्रिया अनुसार अघि बढ्ने बताइएको छ ।
तस्विर
किश्वरजँग शाहीकाे फेसबुकबाट