कालीकोट । कर्नालि प्रदेश स्थापना तथा शहिद दिवसका अवसरमा शुभकामना सन्देश दिदै कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले कर्नालि प्रदेश स्थापनामा रगत बगाउने शहिदहरुको सम्मान र प्रदेशको भलाईका लागि आफु लागि पर्ने बताउनु भएको छ ।
शुभकानामा सन्देशमा मुख्यमन्त्रि शाहीले कर्नालि प्रदेश तथा सुदुरपश्चिम प्रदेशलाई एकै प्रदेशमा मिलाउने क्रममा २०७२ साल भाद्र ३ गते सम्म भएको आन्दोलनमा ४ जना शहिदहरुले रगत बगाएको स्मरण गर्दै कोरोनाका कारण भव्य कार्यक्रम गर्न नसकेपनि घर घरमा दिपावलि गरेर मनाउन आग्रह गर्नु भएको छ ।
वहाँले भौगोलिक विकटता,आर्थिक विपन्नता,सामाजिक पछौटेपनका साथै भौतिक विकासमा पछि परेको कर्नालिका लागि संघिय व्यवस्था अपरिहार्य रहेको समेत बताउनु भएको छ ।
मुख्यमन्त्रि शाहीले प्रदेशको विकास र सम्बृद्धिका लागि प्रदेश सरकारले अगाडी बढाएको सम्बृद कर्नालि,सुखारी कर्नँलि बासिको अभियानलाई एकता बद्ध भई अगाडी बढ्न कर्नालि बासिलाई अनुरोध गर्नु भएको छ ।
सोही अवसरमा कर्नालि प्रदेशमा भाद्र ४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारले निण्र्या गरेको छ ।
Discussion about this post