विदेशबाट आउनेलाई टेलिकमको निःशुल्क सिमकार्ड

7
SHARES
15
VIEWS

काठमाडौ, जेष्ठ । विदेशबाट फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ।

२० स्थलगत आवागमन तथा हवाईमार्गबाट स्वदेश फर्कनेलाई बस्ने व्यवस्था मिलाउने  क्वारेन्टाइनतथा ‘होल्डिङ सेन्टर’ मा बुथ स्थापना गरी निःशुल्क सिम उपलब्ध गराउने टेलिकमले जनाएको छ। यसका लागि कम्पनीले हाललाई एक लाख सिमकार्डको व्यवस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनु भएको छ ।।

सिम प्राप्त गर्न नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ। स्वदेश प्रवेश गर्ने नागरिक सँग कुनै परिचयपत्र उपलब्ध नभएको अवस्थामा आफन्त तथा निकटका व्यक्तिको परिचयपत्रबाट पनि सिम उपलब्ध गराउन सकिने टेलिकमले जनाएको छ।

कम्पनीेले उपलब्ध गराउने सिमकार्डको माध्यमबाट प्रयोगकर्ताले आफन्तसँग सम्पर्क गर्न सहज हुनुका साथै नेपाल फर्किएपछि उनीहरुको स्वास्थ्य अवस्था तथा सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुनेछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीका लागि सरकारले काठमाडौँ उपत्यकामा व्यवस्था गर्ने आठ होल्डिङ सेन्टरमा टेलिकमले निःशुल्क वाइफाई सेवा समेत उपलब्ध गराउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित