कालीकोट । जिल्लाको पलाता गाउँ पालिकाले १८ औँ गाउँ सभा शुरु गरेको छ । पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायले नीति तथा कार्यक्रम र उपाध्यक्ष अलैपुरा हमाल जैसीले आगामि वर्ष २०८३। ०८४को प्रस्तावित बजेट प्रस्तुत गरेकी हुन । आज जिल्लाको महाबै गाउँ पालिका, शुभकालिका लगायतका पालिकामा गाउँ सभा शुरु भएको छ । यस अघि जिल्लाका रास्कोट नगर पालिका,पचालझरना र सान्नित्रिवेणि गाउँ पालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तु गरेका थिए । पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाका अनुसार उद्घाटन शत्रमा विभिन्न निकायबाट सुझावहरु प्राप्त भएको र आगामि वर्ष पलाता सम्बृद्धिका लागि नीति तथा कार्यक्रम पेश गरेको बताउदै बन्दशत्रमा वजेटका विषयमा छलफल गरी पूर्णता दिने बताएका छन ।