तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता शुरु

तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता शुरु

कालीकोट । रास्कोटमा तेस्रो मेयर कप तथा क्रिकेट प्रतियोगिता शुरु भएको छ । रास्कोट नगर प्रमुख धर्मराज शाही(पोषण)ले उद्घाटन गरेका हुन ।
आगामि कात्तिक २० गते सम्म संचालन हुने प्रतियोगितामा अन्तरपालिका स्तरिय खेलाडीहरुको सहभागिता हुने जनाइएको छ । उद्घाटन पछि खांडाचक्र नगरपालिका र सान्नित्रिवेणि गाउँ पालिकाका विच प्रतिस्पर्धा शुरु भएको छ ।
विगत तिन वर्ष अघि देखि शुरु भएको प्रतियोगितामा क्रिकेट तर्फ १ लाख ५० हजार प्रथम पुरुस्कार रहेको छ भने दोस्रो पुरुस्कार ६० हजार रहेको छ । फुटबल तर्फ ८० हजार प्रथम र ५० हजार दोस्रो पुरुस्कार सहित ट्रफि,मेडल र उत्कृष्ट बलर तथा गोलकर्ता खेलाडीलाई ट्रफी समेत प्रदान गरिने जनाईको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित