कालीकोट । बाँके जिल्लामा गठन गरिएको कालिकोट एकता समाज बाँकेको अध्यक्षमा टक्क बहादुर बम र महासचिवमा धनिराम न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन ।आइतबार सम्पन्न आठौं वार्षिक साधारण सभाबाट नौ सदस्य कार्यसमिति चयन गरिएको हो ।
बाँके जिल्लामा बसाईसराई गरी गएका कालीकोटका समुदायले गठन गरेको उक्त एकता समाजमा कालीकोटको कला संस्कृति रहनसहन लगाएतको रितिरिवाजको जगेर्ना गर्ने उद्देश्यले गठन गरिएको एकता समाजमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सो साधारण सभामा कोहलपुर नगरपालिका २ का वडा अध्यक्ष हरिसिंग कठायत, वैजनाथ गाउँ पालिका ४का वडा अध्यक्ष प्रेम व शाही, कालिकोट एकता समाजका संस्थापक सदस्य सिंगबिर थापा,कासिलाल अधिकारी, अग्र व वम, सल्लाहकार नरेन्द्र पाण्डे(जेम्स) प्रेम सुबेदी लगाएतको सहभागिता रहेको महासचिव धनिराम न्यौपानेले जानकारी दिएका छन ।
न्याैपानेका अनुसार उपाध्यक्षमा नरेशा शाही,ज्ञानबहादुर महतारा,सचिव मनि विक,कोषाध्यक्ष पार्वति विक रहेका छन भने सदस्यहरुमा रामबहादुर बम, सरला बम,कुम्भ विर बम रहेका छन ।कालीकोट एकता समाज बाँकेको कार्यकाल २ वर्ष रहने विधानमा व्यवस्था रहेको छ । यस अघि एकल उपाध्यक्षको व्यवस्था भएपनि यस साधारण सभाबाट विधान सशोधन गरेर द्धितिय उपाध्यक्षको व्यवस्थापन गरिएको हो ।