कालीकोट । पचालझरना गाउँ पालिकाको वडा नम्बर १मा रहेको सरस्वति माध्यमिक विद्यालय सिकुले स्थापना दिवस मनाएको छ । पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमको उपस्थितिमा शुरु भएको कार्यक्रममा स्थानिय समुदाय,विद्यार्थी लगायततका सरोकारवालाको उपस्थितिमा कार्यक्रम गरिएको हो । २०२९ सालमा साउन २९ गते तत्कालिन प्रधानपञ्च धर्मे न्यौपाने, वडा सदस्य देउराम ऐडी लगायतका सरोकारवालाहरुको पहलमा स्थापना भएको विद्यालय विभिन्न उतारचढावका साथ हाल माध्यमिक विद्यालयका रुपमा संचालन हुंदै आएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोकुल खड्काको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पचालझरना गाउँ पालिका पूर्व उपाध्यक्ष तारा न्यौपाने,प्रमुख कार्यकारी अधिकृत कुमार राना, वडा अध्यक्ष विर्खे लुवार,करविरे विक,शिक्षा अधिकृत धुर्वलाल संज्याल, विद्यालय श्रोत व्यक्ति नमराज शाही, राजनैतिक दलका तर्फबाट रणदिप सि लगाएतले सहभागिता रहेकाे जनाइएकाे छ ।
साे कार्यक्रमका सहभागिहरुले शिक्षा क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्नेमा जोड दिदै पचालझरना गाउँ पालिकाले शिक्षामा ल्याउन खोजेको शैक्षिक क्रान्ति मार्फत सुधार हुनेमा आशा व्यक्त गरेका छन ।
त्यसै गरी विद्यालयका सस्थापक सदस्य देउराम ऐडी र निजकाे पत्नि इन्दसरा ऐडीकाे नाममा स्थापना गरिएकाे अक्षषकाेषबाट ११ हजार बराबरकाे शैक्षिक सामाग्रि २ जना वालवालिकालाइ हस्तान्तरण गरिएकाे लगानि कर्ता बर्म ऐडीले जानकारी दिएका छन ।