कालीकोट । पचालझरना गाउँ पालिकाले शैक्षिक क्षेत्रमा सुधार ल्याउन प्रक्रियाको थालनि गरेको छ । पहिलो चरणमा माध्यमिक तथा आधारभुत विद्यालयका प्रधानध्यापकहरुको फेरबदल तथा व्यवस्थापन गरेको छ । पचालझरना गाउँ पालिकाले यस अघि सुचना आव्हन गरी प्रधानध्यापकहरुलाई सुचना जारी गरेको थियो । सोही अनुसार आज प्रधानध्यापकहरु फेबरदल गरेको हो । शिक्षा नियमावलि दशौँ संशोधन अनुसार दफा ५६ को उपनियम २मा उल्लेख भए बमोजिम दरखास्त आव्हान गरेर प्रधानध्यापकहरु व्यवस्थापन गरेको जनाइएको छ । पचालझरना गाउँ पालिका शिक्षा अधिकृत धु्रवलाल संज्यालका अनुसार यस अघि दरखास्त आव्हान गरिएकोमा १६ जनाले आवेदन दिएको र सोही बमोजिम पालिकाका १० वटा माध्यमिक विद्यालय र ४ वटा आधारभुत विद्यालयमा प्रधानध्यापक नियुक्त गरेको हो ।

शिक्षा नियमावलि २०५९ दशौँ संशोधन र पचालझरना गाउँपालिकाको प्रधानाध्यापक व्यवस्थापन, शिक्षक सरूवा तथा कामकाज सम्बन्धि कार्यविधि,२०८३ बमोजिम यस पचालझरना गाउँपालिका मातहतका माध्यमिक तह (१ देखि १०) तथा आधारभूत तह (१देखि८)का विद्यालयहरूमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक पदपूर्तिका लागि मिति २०८३साउन १८ गते योग्यता पुगेका स्थायी शिक्षकहरूबाट दरखास्त आह्वान गरिएकोमा १६ जना शिक्षकहरूको दरखास्त स्वीकृत भई प्रधानाध्यापक व्यवस्थापन, शिक्षक सरूवा तथा कामकाज सम्बन्धि कार्यविधि, २०८३ ले तोकेको मापदण्डको आधारमा गाउँ शिक्षा समितिको मिति २०८३भाद्र ३ गतेको निर्णय अनुसार सरस्वती मा.वि.सिकुमा प्रधानध्यापकमा रणप्ररसाद भट्ट, कालिका मा.वि.खयरकोटमा धर्मराज कुर्मीलाइ नियुक्ति दिएकाे छ ।
त्यसै गरी जनता मा.वि.खार्दुमा सत्य वि.क.ज्ञानोदय मा.वि.राम्नाकोटमा टिका उपाध्याय,पंञ्चकालिका बाँँझकोटमा राज बहादुर बोगटी,जनप्रिय मा.वि. बोलुगाउँमा रमेश प्रसाद संज्याल, पंगेली मा.वि.नुवाघर तखत बहादुर बम,सरस्वती मा.वि. भिट्टामा नमराज न्यौपाने, विद्यादेवि मा.वि.मयकोटमा शंकरप्रसाद संज्याल, शहिद स्मृति आवासिय मा.वि.लडकाटियामा राम बहादुर बराल रहेकाे पचालझरना गाउँ पालिका द्धारा प्रकाशित सुचनामा उल्लेख गिरएकाे छ ।

त्यसका साथै आधारभुत विद्यालयहरुमा चुलिमाली आधारभुत विद्यालय लाफामा अमना कुमारी शाही,कालिका देवि आ.वि. नानिकोटमा चरित्र संज्याल,नवीकरण आ.वि. बाँझकोटमा पंखबहादुर शाही रहेका छन । त्यसै गरी कालिका आ.वि. तोलिभिडमा देवदत्त संज्याल रहेको जनाइएको छ । यस किसिमले प्रधानध्यापक व्यवस्थापन गरेकोमा राम्रो काम भएको भन्दै सर्वत्र चर्चा चलेको छ । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही र प्रमुख प्रशासकिय प्रमुख कुमार राना सहित शिक्षा अधिकृत ध्रुवलाल सँज्यालकाे उपस्थितिमा नियुक्ति दिइएकाे हाे ।
यस अघि शैक्षिक क्षेत्रमा नयाँ आयाम कायम गराउन पचालझरना गाउँ पालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
