पहिरोको जोखिममा खार्दु

पहिरोको जोखिममा खार्दु

कालीकोट । पचालझरना गाउँँ पालिकाको खार्दु गाउँ पहिरोको जोखिममा रहेको छ । वडा नमबर ३ मा पर्ने खार्दु गाउँको फुटेढुङ्गा वस्तीमा गएको पहिरोको कारण गाउँ जोखिममा रहेको छ । स्थानियका अनुसार लगातारको वर्षाले फुटेढुङ्गामा जमिन निरन्तर भाँसिदै गैरहेको छ । उक्त ठाउँमा पानिका थप मुल फुटेपछि अहिले सो वस्ति तिन मटर तल सम्म भांसिएको छ ।
स्थानिय मनिलाल ऐडीका अनुसार अत्याधिक वर्षा र सिचाई का कारण वस्ति मुनिबाट पानीका मुलहरु निस्किएर जमिन पहिरोले भांसिएको हो । लगातार पानि वहन शुरु भएपछि ब्यबस्थापन गर्न वडा देखि पालिका स्तर सम्म बिपत ब्यबस्थापन समितिले पहल जारी राखेको छ । उनका अनुसार तत्काल उक्त पहिरो घटाउन थप व्यवस्थापनका लागि पाइप, गेभिन जालि आवश्यक रहेको बताए ।
त्यसका लागि पालिकाबाट सिफारिस भएको बताइएको छ ।पहिले देखि नै पहिरोको जोखिममा रहेको खार्दु गाउँमा उचित व्यवस्थापनका लागि समयमै पहल गर्न सकिएन भने निकै ठूलो क्षती हुने अनुमान गरिएको छ । पालिका स्तरमा गर्न सकिने सम्मको व्यवस्थापन गर्न तयार रहेको जनाइएको छ । यसका लागि जिल्लाका अन्य ठाउँमा समेत बाढि पहिरो जान थालेपछि जिल्ला प्रशासन कार्यालय कालीकोटले सुचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ ।
जिल्ला दैवि प्रकोप तथा विपद व्यवस्थापन समितिको बैठक बसि उचित निर्णय गरिने जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ । गएराति गएको पहिरोले नरहरिनाथ गाउँपालिकाको वडा न.५ रुप्साका स्थानिय दुर्गबहादुर सहकारीको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित