पचालझरनाको सरस्वती मावि सिकुको५१औ स्थापना दिवस मनाइदै

7
SHARES
15
VIEWS

कालीकोट । ५१ वर्ष अघि स्थापना भएको पचालझरना गाउ पालिकाको पुरानो विद्यालयले स्थापना दिवस मनाउने भएको छ । २०२९ साल साउन २९ गते तत्कालिन स्थानिय धर्म न्यौपाने,देउराम ऐडी लगाएतका व्यक्तीहरु को पहलमा जुम्ला जिल्ला बाट अनुमती ल्याइ कक्षा एकको पठन पाठन शुरु गरे संगै विद्यालयले औपचारिक मान्यता पाएको हो। २०५८ सालमा कक्षा ८ हुदै माध्यामिक तह सम्मको पढाइ सुरु गरिएको उक्त विद्यालयले थुप्रै शक्ती उत्पादन गरेको छ ।

सरस्वती माध्यामिक विद्यालय व्यावस्थापन समितिको शुक्रवार बसेको वैठकले साउन २९ गते सोमबार वृहत सास्कृतिक झलक , सडक नाटक, सम्मान सहित स्थापना दिवस मनाउने निर्णय गरिएकी विद्यालय व्यवस्थापन समिती अध्यक्ष गोकुल खड़काले बताए । उनका अनुसार विद्यालयको शैक्षिक अवस्था,विद्यालयमा पुगाएको योगदान गर्ने व्याक्तीहरूलाई निमन्त्रणा गरिने बताए।

सरस्वती माध्यमिक विद्यालयले स्थापना दिवसका लागि सम्पूर्ण तयारी पुरा गरेको विद्यालयका शिक्षक तथा सुचना अधिकारी मुनिचन्द्र उपाध्यायले जानकारी दिएका छन।

हाल उक्त विद्यालयलाई प्राविधिक शिक्षा आजेन गर्ने प्रक्रियामा अधि बढाइएको विद्यालयका प्रधानध्यापक शंकर न्यौपानेले बताए ।

विद्यालय स्थापना देखि पहिलो पटक वृहत कार्यक्रम सहित स्थापना दिवस मनाउन लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित