कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.कालीकोटले ५१ हजार एक सय ५१ रुपैया उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको छ । संस्थाको भाद्र १५ गते बसेको संचालक समितिको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो । संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सम्पूर्ण कर्मचारीहरूका साथै संस्थाको सामदायिक विकास कोष मार्फत विपद राहत सहयोग गरेको जानकारी दिएको छ ।
संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षति प्रति दुःख व्यक्त गर्दै यस विपत्तिमा सहयोग गरेको जनाएका छन । हिमचुली कृषि सहकारी संस्था लि.ले आज(मंगलबार) जिल्ला प्रशासन कार्यालय कालीकोटलाई जम्मा गरेको भौचर हस्तान्तरण गर्दै उक्त सहयोग गरेको संस्थाका अध्यक्ष सरोज बोगटीले शाेक विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाइएकाे छ । सहकारीले आगामि दिनमा समेत विपद आइरहने भएकाले दिर्घकालिन रुपमा सहकारीका सदस्यहरुका साथै संचालक, कर्मचारीहरुबाट सहयोग गरेर कोष स्थापना गरिने समेत जनाइएको छ । 
सहकारीले मृतक प्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । बाढिपहिरोमा परी घाइतेहरु प्रति सिघ्रस्वास्थ्य लाभको कामना समेत गरेको छ ।
त्यसका साथै बाढि पहिरो प्रभावित क्षेत्रमा विभिन्न निकायबाट भइरहेको सहयोग व्यापक मात्रामा हुने विश्वास समेत लिएको छ । सहकारीले जिल्ला स्तरमा बाढिपिडितहरुका लागि समेत ४९ हजार रुपैया सहयोग गर्ने विपद कोषबाट व्यवस्थापन गरिने जनाएको छ । सहकारी संस्थाबाट कुल जम्मा एक लाख १ हजार १ सय ५१ रुपैया सहयोग गरिने जनाइएको छ ।
