पलाताका जनप्रतिनिधि निरन्तर जनश्रममा

7
SHARES
15
VIEWS

कालीकोट । जनतासंगको सम्बन्धलाई सुद्धढ गर्न र जनश्रमलाई निरन्तरता दिन पलाता गाउँपलिकाले जनश्रम शुरू गरेको छ। पलाता गाउँ पालिकाको निर्णय अनुसार हरेक महिनाको अन्तिम शुक्रवार जनश्रम गर्ने योजना अनुसार शुक्रवार वडा नम्बर ४ले जनश्रम मार्फत बाटो निर्माण गरेको छ । पलाता गाउँ पालिका वडा नम्बर ४ को वडा कार्यालय जोडन बाटो वर्षाले विग्रिएपछि आवत जावतमा कठिनाइ भएको समयमा जनप्रतिनिधि सहित वडावासी को उपस्थितिमा बाटो निर्माण गरिएको वडा अध्यक्ष तथा गाउँ पालिका प्रवक्ता तिलक बुढाले बताए । यस अघि पनि प्रशासकिय भवन रानीविसौना, पलाता अस्पतल  र थिर्पु धौगोह खिन जोडने सडकको तिवगाड खोला लगाएतका ठाउँम गाउँ पालिका अध्यक्ष विष्णु रोकाया , उपाध्यक्ष अलैपुरा हमाल, प्रमुख प्रशासकिय अधिकृत शुरेष श्रेष्ठ लगाएतले श्रम गरेका थिए ।

स साना कामलाई सम्पन्न गर्न र स्थानियलाई जनश्रम मार्फत काममा सहजता ल्याउन जनश्रमले ठुलो महत्व राखेको प्रवक्ता बुढाको भनाइ छ । पलता गाउँ पालिका कार्य पालिकाले निर्णय गरी जनश्रमको शुरुवातीले जिल्लाका अन्य पालिकालाई समेत प्रभाव पारेको छ ।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाका अनुसार यस निर्णयले पलाताका जनप्रतिनिधि समेतलाई ग्रामिण क्षेत्रमा आइपर्ने स साना कामको सरकारको मुख ताक्ने प्रवृतिको अन्त्य भएको बताए । यस निर्णयले पलातालाई मात्र होइन जिल्ला भर विस्तार गर्न सकिने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित