कालिकोट । उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाहिले कृषि उत्पादनलाई ब्यबस्थित गरि कृषकलाइ आत्मनिर्भर बनाउन हिमचुली कृषि सहकारी सङ्ग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयको छ ।
मंगलवार भयको हिमचुली कृषि सहकारीको वार्षिक समिक्षा गोष्ठीका क्रममा बोल्दै अध्यक्ष शाहिले सयौ कुयन्टल कृषि वस्तु उत्पादन गरेर बाह्य बजारमा लिनका लागि उद्योग बाणिज्य संघ लागि पर्ने बताउनु भयको हो ।
कालिकोट जिल्लाको सबै भन्दा ठुलो एक मात्र हिमचुली सहकारी सस्था लि का ११ हजार ५ सय बढी सदस्यहरुले कृषि उत्पादनलाई विशेष जोड दिदै आयको र उत्पादनलाई बजारीकरण गर्न माग भयपछी विभिन्न निकाय सङ्ग सहकार्य गरेर जाने नीति लियको हिमचुली कृषि सहकारी सस्थाले रास्कोटमा सुपथ मूल्य पसल संचालन गरेको छ ।
त्यसै गरि पलाता र रास्कोटमा एग्रोभेट संचालन गरियको छ भने सदस्यहरुलाइ कृषि उत्पादनका लागि लगानी गर्दै आयको सस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र आचर्यले बताउनु भयको छ ।
Discussion about this post