नेपाली नक्कली नोट छाप्ने मेसिन र ६ लाखसहित तीन जना पक्राउ

7
SHARES
15
VIEWS

सिरहा । सिरहाको गोलबजार गोलबजार नगरपालिका ६ बाट ६ लाख ८४ हजार रुपियाँ नक्कली नोट सहित तीनजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट बरामद भएको रकम सबै हजारका नोट मात्रै छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ७ भेडियाका २५ वर्षीय विमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षीय धिरज राय र सोही ठाउँका २० वर्षीय सन्जय राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचनाअधिकारी तथा डीएसपी शालिकराम शर्माले जानकारी दिए ।

गोलबजार सशस्त्र प्रहरीको सूचनाको आधारमा नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीको खोजीका आधारमा उनीहरू स्थानीय वीरेन्द्र महतोको घरमा डेरा गरी बस्दै आएको पनि खुलेको छ ।

प्रहरीले उनीहरूको साथबाट पैसा छाप्न प्रयोग गरिने ल्याटप र प्रिन्टर पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित