पृष्ठभुमि :
नेपालमा पत्रकारिताको लामो इतिहांस नभएपनि छोटो समयमा तिव्र गतिको विकासले फड्को मार्दै गएको छ । पत्रकारिता क्षेत्रमा भविष्य देख्नेहरुको संख्या कमै छ । लहडमा पत्रकारितामा प्रवेश गर्ने र त्यहि लहड र रहरलाई निरन्तरता दिन नसक्नु त्यतिकै चुनौति पनि रहेको छ । अझ त्यस भित्रको महिला पत्रकारिताका सवालमा सहभागितालाइ हेर्ने हो भने त्यहि अनुपातमा सहभागिता न्युन देखिन्छ । नेपाली पत्रकारितामा महिला पत्रकारको उपस्थिति पुरुष पत्रकारको तुलनामा अत्यन्त न्युन छ । कुल जनसंख्याको ५१ प्रतिशत ओगटेको महिलाहरु को उपस्थिति राज्यका अन्य निकायमा झै राष्ट्रको चौथो अंग पत्रकारतिा क्षेत्रमा समेत न्युन रहेको तथ्यांक हरुले देखाउंछ । एक त महिला पत्रकारलाई यस क्षेत्रमा रहरकै रुपमा मात्र प्रवेश गरेको उदाहरण पनि पाईन्छ भने यस क्षेत्रलाई नै पेशा बनाउंछु भन्ने मानसिकता सहित प्रवेश गरेका महिला पत्रकारलाई टिकाउन र विकाउनकै पनि थुप्रै समस्या छन् ।
न्युनतम पाश्रिमिक समेतको व्यबस्था नहुदा शुरुमा रहरकै कारण प्रवेश गरेका महिला पत्रकारहरु पनि अन्य पेशामा पलायन हुने गरेको छ । अर्को तर्फ पुर्ण व्यावशायिक भई सकेका महिला पत्रकारहरु पनि आर्कषक पारिश्रमिक र पहंचको कारण गैर सरकारी तथा अन्र्तराष्ट्रिय गैर सरकारी क्षेत्रमा प्रवेश गर्नेको जमात पनि बढी छ । जसले गर्दा महिला पत्रकारको उपस्थितिमा अस्थिरता समेत देखिन्छ ।
पत्रकारिताले उद्योग व्यवसायको रुप लिइ नसकेको कारणले यो क्षेत्र नै आर्थिक चुनौतीबाट गुज्रिरहेको हुँदा महिला पत्रकारहरु पनि स्वतः यो समस्याबाट मुक्त छैनन । बिहान बेलुका जतिबेला पनि काममा दौडिनु पर्ने हुँदा घर र काम बीचको समय समायोजन गर्न पनि निकै कठिन हुन्छ ।
पनि हाम्रो समाजमा कामकाजी महिलाको चुनौती भनेकै दोहोरो भूमिका रहेका कारण कठिनाई आइरहेको छ । कामकाजी महिलाको थाप्लोमाथि घर र अफिस सम्हाल्नुपर्ने दोहोरो जिम्मेवारी छ । यो भार पत्रकार महिलालाई मात्र होइन, अरु व्यावसायिक महिलालाई पनि उत्तिकै छ ।
पुरुषले घरका काममा नसघाइदिँदा महिलामाथि दोहोरो बोझ थपिएको हो । महिलाहरू समाचार डेक्समा बसेर घर व्यवहार र समस्याका बारेमा सोच्न बाध्य छन् । धारामा पानी आयो कि आएन, बच्चा ले खाएको होकी नाई मेरो छोरो भोकायो होला,मेलापात गर्नु छ लगाएतका समस्या पनि त्यतिकै रहेका छन ।
घर परिवारमा पनि महिला पत्रकारहरुलाई त्यति धेरै उत्साहपूर्ण वातावरण रहेको पाईंदैन । समयको पावन्दी नहुने र आम्दानी पनि निश्चित नहुने पेशा भएकोले यस प्रकारको पेशामा भन्दा बरु समयमा कार्यालय गएर समयमा घर फर्किने ९ देखि ५ बजे सम्मको जागिर तर्फ जान नै परिवारका सदस्यहरुको जोड रहन्छ ।
रह्यो कुरा जिम्मेवारीको राष्टिय स्तरबाट हेर्दा महिला पत्रकार महिला तथा सञ्चारकर्मीहरुलाई राजनीति, द्वन्द्व, शान्ति प्रक्रिया, परराष्ट्र, सुरक्षा जस्ता मूल प्रवाहका विषयमा भन्दा प्रायः महिला, बालबालिका, स्वास्थ्य लगायतका विषयहरुको जिम्मेवारी दिने गरिएको छ । तर जसले राजनीति, अर्थ, परराष्ट्र, सुरक्षा जस्ता विषयलाई ‘बीट’ बनाइरहेका छन् तिनले पनि त्यतिकै राम्रो गरिरहेका छन् । यस अर्थमा महिलाहरुले मूल प्रवाहका विषयमा रिपोर्टिङ्ग गर्न सक्दैनन् वा हिच्किचाउँछन् भन्ने अर्थ लाउने ठाउँ देखिदैन ।
सञ्चारिकाको सर्वेक्षणले धेरैजसो पत्रकार महिला ९४६.५ प्रतिशत० सबैखाले वा मिश्रित बीटमा काम गर्छन् । यस्तो अवस्था उपत्यका बाहिरका सञ्चार माध्यममा बढी पाइएको छ । यस्तै, टिभी र रेडियोमा कार्यरत पत्रकारमा ठूला पत्रिकामा काम गर्ने पत्रकारका तुलनामा बीट छुट्याएर काम गर्ने चलन कम भएकाले पनि यस्तो भएको अध्ययनबाट देखिएको छ ।
यसमा समाचार वाचनदेखि रिपोर्टिङ्ग गर्ने सम्म परेका छन् । कुल पत्रकार महिलामध्ये १८,३ प्रतिशत सामाजिक बीटमा कार्यरत छन् । ३ प्रतिशत पत्रकार महिलाले मात्र राजनीति र समसामयिक विषयलाई बीट बनाएका छन् । अर्थ र वाणिज्य बीटमा काम गर्ने पत्रकार महिला त्यो भन्दा कम ९२।५ प्रतिशत० छन् । अन्तर्राष्ट्रिय तथा परराष्ट्र मामिलामा काम गर्ने पत्रकार महिला ०.८ प्रतिशत मात्रै छन् । यस्तै, १५.१ प्रतिशतले अन्य बीटमा काम गर्ने बताए ।
नेपालको सन्दर्भमा महिला पत्रकारको अवस्था :
नेपाली पत्रकारिताको इतिहास सन् १८५१ मा नेपालमा भित्रिएको हाते प्रेसबाट सुरु हुन्छ । सोही प्रेसमा छापिएको मासिक म्यागेजिन सुधा सागर नेपालको पहिलो पत्रिका हो । सरकारी मुखपत्रका रुपमा सन् १९०१ देखि प्रकाशित भएको गोरखापत्र र सन् १९६५ देखि प्रकाशित द राईजिङ्ग नेपाल नेपालको पत्रकारिताको इतिहासका खम्बा हुन् जो अहिलेसम्म निरन्तर चलिरहेकै छन् ।
सन् १९५२ मा प्रकाशित ‘महिला’ म्यागेजिनबाट पत्रकारिता क्षेत्रमा नेपाली महिलाहरुको उपस्थिति देखिन्छ । ‘महिला’ म्यागेजिनमा साधना प्रधान र कामाक्षादेवी सम्पादक थिए । कतिपयले वि।सं। १९८० देखि नै नेपाली महिला पत्रकारितामा संलग्न हुन थालेका हुन् भन्ने गरेपनि प्रमाणले चाहिँ २००८ साल जेठमा नेपाल महिला संघले प्रकाशित गरेको ‘महिला’ मासिकबाट नै नेपालको पत्रकारितामा महिलाको सहभागिता भएको हो भन्ने देखाउँछ ।
‘नेपाली माटोमा महिलाहरूद्वारा सम्पादित भई प्रकाशित भएको पत्रिकाको जेठो बिरुवा यही हो’ । साधना प्रधान र कामाक्षादेवी सम्पादक रहेको उक्त पत्रिकामा शलवन्ती, मधुकरी, प्रमिला सहसम्पादक रहेका थिए भने मायादेवीले व्यवस्थापकको भूमिका निर्वाह गरेकी थिइन् भन्ने तथ्य भेटिन्छ ।
वि सं २००८ साल असोजमा प्रियम्बदा शर्माको प्रधान सम्पादकत्वमा ‘प्रभा’ मासिक पत्रिका प्रकाशित भयो भने वि सं २००९ सालमा कुन्तिदेवीको सम्पादकत्वमा ‘प्रतिभा’ मासिक पत्रिका प्रकाशित भयो ।
त्यसैगरी वि।सं। २०१० सालमा रमादेवी ‘जनविकास’ मासिक पत्रिकाको सम्पादक तथा प्रकाशकको रूपमा देखापरिन् । उक्त समयमा अरू पत्रिकाहरू एक÷दुई अङ्कमा नै सीमित भइरहेको परिप्रेक्ष्यमा जनविकास मासिक भने १२ अङ्कसम्म प्रकाशित भएको थियो ।
त्यसैगरी वि।सं। २०११ सालमा ‘जनसाहित्य’ द्वैमासिक नामको अर्को पत्रिका पनि रमादेवीले नै निकालेको प्रमाण भेटिन्छ । यदि समयको गतिसँगै त्यो क्रम अगाडि बढ्न सकेको भए सञ्चार क्षेत्रमा महिलाको सहभागिताको स्थिति सुरुदेखि नै मजबुद हुने थियो । तर, मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, शिक्षाको अभाव तथा रुढीवादी पारिवारिक–सामाजिक मूल्य मान्यताले गर्दा पत्रकारिता क्षेत्रमा महिलाको सहभागिताले निरन्तरता पाउन नसकेको हो भन्न सकिन्छ ।
सन् १९५० मा रेडियो नेपाल र सन् १९८५ मा नेपाल टेलिभिजनको स्थापना भएपछि सञ्चार माध्यममा महिलाको सहभागिता स्पष्ट रुपमा देखा परेको हो । यस अघिको सहभागितालाई फाट्ट फुट्ट मात्रै मान्नु पर्ने हुन्छ । सन् १९९० मा मुलुकमा प्रजातन्त्र आएपछि भएको संचार माध्यमको विकाससंगै सबै प्रकारका सञ्चार माध्यममा महिला सञ्चारकर्मी र पत्रकारको सहभागिता बढेको हो ।
महिला पत्रकारका अवसरहरु :
पछिल्लो समयमा संचार माध्यम(मिडिया)हरु संचालनमा आउने क्रम तिव्र भए संगै कालीकोट जिल्लामा सामुदायिक रेडियोहरु ५ वटा, स्थानिय तहले संचालन गरेको ३ वटा, दैनिक पत्रिका १, साप्ताहिक पत्रिका २ र मासिक पत्रिकाहरु त्यतिकै संख्यामा संचालनमा आएका छन । त्यसै गरी १ दर्जन बढि अनलाईन संचार माध्यम संचालनमा आएका छन । तिनि माध्यमहरुमा महिला सभागितालाई वित्र बनाउनु पर्छ र सोही अनुसारको भुमिका निर्वाहमा लाग्नु पर्छ । यतिका मिडियाहरु संचालनमा आउनुले पत्रकारिता क्षेत्रमा महिलाहरुको अवसरको रुपमा लिन सकिन्छ । एक पछि महिला सहभागिताको संख्या बढ्दै गएको छ ।
कालीकोटमा नेपाल पत्रकार महासंघ कालीकोट शाखाको स्थापना र मिडियाहरुको विकास भनेको शान्ति स्थापना पछि अर्थात २०६४ सालमा मात्र भएको पाइन्छ । शसस्त्र द्धन्द्धका समयमा कालीकोटबाट राष्टिय स्तरका पत्र पत्रिकाहरुमा पहुंच नभएपनि जनयुद्धमा सहभागि महिलाहरुको सहभागिता पनि न्युन रहेको थियो । कालीकोट जिल्लामा २०५५।०५६ तिर कदम साप्ताहिक लगाएतका पत्रिका प्रकाशनमा आएका थिए । तत्कालिन समयमा महिलाहरु पत्रिका वितरणमा मात्र सिमित भएको पाइन्छ । जव नेपाल पत्रकार महासंघ कालीकोट शाखाले मान्यता पायो २०६४ साल पछि स्थानिय एफएमहरुको विकास भएको पाइन्छ ।
कालीकोट जिल्लामा सामुदायिक रेडियोहरु ५ वटा, स्थानिय तहले संचालन गरेको ३ वटा, दैनिक पत्रिका १, साप्ताहिक पत्रिका २ र मासिक पत्रिकाहरु त्यतिकै संख्यामा संचालनमा आएका छन । त्यसै गरी १ दर्जन बढि अनलाईन संचार माध्यम संचालनमा आएका छन । तिनि माध्यमहरुमा महिला सभागितालाई वित्र बनाउनु पर्छ र सोही अनुसारको भुमिका निर्वाहमा लाग्नु पर्छ । यतिका मिडियाहरु संचालनमा आउनुले पत्रकारिता क्षेत्रमा महिलाहरुको अवसरको रुपमा लिन सकिन्छ । एक पछि महिला सहभागिताको संख्या बढ्दै गएको छ ।
तत्कालिन समयमा महिला पत्रकारहरु पाउन त के जन्माउन समेत कठिन थियो । जहां महिलाको सहभागिताका लागि तत्कालिन समयमा मेनका पाण्डे(हालका नेपाल पत्रकार महासंघ कालीकोट शाखाका अध्यक्ष तुलाराम पाण्डेको पत्नि) र देबकला आचार्य(तत्कालिन पत्रकार महासंघ कालीकोटका सचिव कालि बहादुर मल्लको पत्नि)लाई सदस्य दिइएको पाइन्छ । पत्रकार महासंघमा महिला सहभागिताका लागि फोटो पत्रकारको नाममा सिफारिस गरेर २०६७ सालमा महासंघको सदस्य दिइएको थियो । त्यस पछि रेडियो पञ्चकोशि एफएम दैलेखमा काम गर्ने पार्वति सिंह कालीकोटमा आइसके पछि महिला सहभागिता बढेको पाइन्छ । एफएमहरु संचालनमा आएपछि महिलाहरुको पत्रकारिता क्षेत्र आकर्षण हुन थालेको हो । जिल्ला स्तरमा महिलाहरुको सहभागिता भएपनि अहिले सम्म राष्टिय पत्रपत्रिकाहरुमा महिला पत्रकारको संख्या भने सुन्य रहेको छ ।
नेपाल पत्रकार महासंघको आंकडामा २०६७सालमा सदस्य प्राप्त महिलाहरु मेनका पाण्डे,देवकला आचार्य र पार्वति सिंह रहनु भएको भएपनि हाल देबकला आचार्य बाहेक अरु सदस्य हुनु हुन्न । त्यसै गरी २०७० सालमा सदस्य प्राप्त महिला पत्रकारहरु दिलु बम,मनिका बोहरा(म आफै) राधिका बराल,मिना कार्कि रहनु भएको थियो भने २०७३ सालमा पवित्रा जैसी,जानकी सिंह,अपस्रा विष्ट,साधना शाही,निर्मला शाही रहेका छन । त्यसै गरी पछिल्लो समय २०७६ सालमा सदस्यताका लागि सिफारिस भएका महिला पत्रकारहरु मध्ये शर्मिला शाही,निर्मला विष्ट,सरला बम,सावित्रि शाही,सुस्मिता वि क,तारा शार्की,राधिका मल्ल,निस्ता कार्की,प्रेमा विक(प्रेरणा)विनिता बुढा,मनकला बुढामगर लगाएतका महिलाहरु रहेका छन ।
महिला पत्रकारका चुनौतिहरु :
एक समयमा पत्रकारिता पेशामा संलग्न रहेको तर हाल निष्क्रिय रहेनको संख्या न्युन रहेको छ ।
लामो समय काम गर्ने तर टिक्न नसक्ने व्यवस्थाका कारण पत्रकारिता पेशा महिलाहरुका लागि शुभ नभएको विश्लेषण हुन थालेको छ । यसका लागि मिडिया हाउसको आवश्यक्ता ठुलो हुने व्यवस्थापन न्युन हुने भएका कारण उक्त क्षेत्र ओझेलमा पर्न थालेको देखिन्छ । एक देखि दुई वर्ष बढि समय टिक्न कठिन देखिएको महिला पत्रकारहरुको पिडाका बारेमा पत्रकार महासंघ देखि मिडिया संचालकहरुले गहिरो ढंगले बुझ्नु पर्ने बेला आएको छ । पछिल्लो समयमा रेडियो प्रदेश आवाजमा काम गर्ने निस्ता कार्की,रेडियो नयां कर्णालिमा कार्यरत पवित्रा जैसीले रेडियोबाट टाढा हुनु पर्ने परिस्थिति सृजना भएको छ । हुन त महिला पत्रकारहरुका पारिवारीक समस्या पनि होलान तर महिलाहरुलाई विशेष प्राथमिकता दिएर अघि बढ्नु सबैको दायित्व हो । हामी महिलाहरुले पनि पत्रकारिता पेशाको रक्षा र प्रवद्धन संगै आफ्नो व्यक्तिगत क्षमताको विकास गर्नु अपरिहार्य छ । विश्वमा संचार क्षेत्र र प्रविधिको विकास तित्र्र गतिमा अघि बढिरहेको अवस्थामा हाम्रा सोच चिन्तनहरु सांघुरो घेराबाट माथि उठ्न नसक्ने हो भने पनि सम्भावनाहरु कमै हुन जान्छन । हामीले आसन्न पत्रकार महासंघको निर्वाचनमा महिला सहभागिताका सवालमा सहि ढंगले राज्यले दिएको ३३ प्रतिशतमा मात्र सिमित रहेर अघि बढ्न सक्दैनौ । महिलाहरुमा ५० प्रतिशतमा विशेष अधिकारको ग्यारेन्टी गर्न लाग्नु पर्दछ ।
एक देखि दुई वर्ष बढि समय टिक्न कठिन देखिएको महिला पत्रकारहरुको पिडाका बारेमा पत्रकार महासंघ देखि मिडिया संचालकहरुले गहिरो ढंगले बुझ्नु पर्ने बेला आएको छ । पछिल्लो समयमा रेडियो प्रदेश आवाजमा काम गर्ने निस्ता कार्की,रेडियो नयां कर्णालिमा कार्यरत पवित्रा जैसीले रेडियोबाट टाढा हुनु पर्ने परिस्थिति सृजना भएको छ । हुन त महिला पत्रकारहरुका पारिवारीक समस्या पनि होलान तर महिलाहरुलाई विशेष प्राथमिकता दिएर अघि बढ्नु सबैको दायित्व हो । हामी महिलाहरुले पनि पत्रकारिता पेशाको रक्षा र प्रवद्धन संगै आफ्नो व्यक्तिगत क्षमताको विकास गर्नु अपरिहार्य छ ।
पछिल्लो समयमा महिला पत्रकार हुनका लागि रेडियोमा मात्र बोल्नु पर्छ भन्ने छैन । सबै क्षेत्रको अनुभव हांसिल गरी पत्रकारिता पेशा भनेको तेस्रो आंखा हो र समाजमा भएका राम्रा काम देखि विग्रन थालेका कामको बारेमा सजग गराउनु हाम्रो दायित्व हुन आउछ । हामीले समाजका लागि केही गर्न पत्रकारिता पेशा नै रोज्नु पर्दछ । अघि बढ्न अग्रसर हुनु पर्छ ।
सक्षिप्त :
हामी नारीहरुले आशा गर्ने भनेकै पुरुषहरुको मात्र हो । हामी केही गर्न सक्दैनौ,पछि परेका छौं ।साथ र सहयोग पुरुषको नहुने हो भने कुनै पनि सम्भावना छैन भन्ने ठानेर पछि परेका छौं । त्यो व्यथा पत्रकारिता क्षेत्रमा पनि रहेको छ । पुरुषहरुले महिलालाई टिक्न सक्दैनन भन्ने र महिलाहरुले पारिवारिक बन्धनमा बांधिने वित्तिकै त्यो(पत्रकारिता) पेशाबाट सदाका लागि विदा लिनु पर्ने अवस्था आएको छ । त्यसलाई हामी महिलाहरुले सोच्नु पर्छ ।
पत्रकारिता पेशामा लगातार डिउटी दिनु पर्छ भन्ने मात्र छैन । आफ्ना लेख रचनाहरु बाहिर ल्याउनु र मिडियामा आवद्ध भएर काम जारी राख्नु पर्छ । हामी महिलाहरु आफैले नजानेर पछि परेका छौं । पत्रकारिता पेशा भनेको मर्यादिन पेशा हो र हामीले पनि मर्यादित भएर काम गर्ने अवसरलाई आत्म साथ गर्दै संचार माध्यम(मिडिया)हरुले पनि सहज बातावरण देखि व्यवस्थापनलाई सहि ढंगले सोच्नु पर्ने बेला आएको छ । नेतृत्वमा महिला सहभागिता बढाउनु पनि त्यतिकै जरुरी रहेको छ ।
# लेखक नेपाल पत्रकार महासंघ कालीकोट शाखाको पूर्व उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालकाे केन्द्रिय सदस्यका साथै कर्नालि संचार डट कमको प्रकाशक/सम्पादक हुनु हुन्छ ।
Discussion about this post