झरनै झरनाले भरिएको पचालझरना गाउँ पालिका (तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।पचालझरना गाउँ पालिकामा पचालझरना संगै एक दर्जन सहयाक झरनाहरुले परिचित रहेको छ । एशियाको अग्लो पचालझरना संगै रहेका सहायक झरनाहरुले झनै मनमोहक रुपमा रहेको छ पचालझरना ।

धुलछहरी

यसका संरक्षण,सम्बद्र्धन तथा प्रचार प्रसारमा गाउँ पालिका लागि परेको छ । त्यहाँका रहेका सहायक झरनाहरु मध्ये पचालझरनाको नजिक रहेको धुल छहरी,छिडिगाड, बयलझरना,बेडुलि छहरा,लाफागाड छहरा,घट्टे गाड छहरा,बांझकोट छहरा,रास्कोट र पचालझरनाको विचमा पर्ने फुक छहरी, खांडाचक्र नगरपालिका र पचालझरनाको विचमा पर्ने छाँटाको छहरा लगाएतका झरनाहरु रहेका छन । अहिले प्रचार प्रसार नहुंदा ओझेलमा परेका छहराको विकासका लागि स्थानिय निकायले पहिलो प्राथमिकता दिदै तमाम पर्यटकिय क्षेत्रका लागि प्रचार प्रसार गर्न विशेष योजना ल्याएको पचाझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

छिडीगाड छहरा

यहाँ छहरा मात्र नभई थुप्रै धार्मिक क्षेत्र,प्राकृतिक सम्पदा,बन्यजन्तुहरुको बास स्थान रहेको पचालझरनाको थुप्रै सम्भावना रहेको बताउदै आगामी वर्षहरुमा यसका लागि विशेष योजना ल्याउने आफु लागि परेकाले यस अघि पचालझरना गाउँ पालिकामा विशेष गाउँ सभा गरेर प्राकृतिक सम्पदाको लिष्ट बाहिर ल्याउनु भएको थियो । कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले पचालझरनाको प्रचार प्रसार सम्बद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भएको थियो । एक वर्ष अघि पचालझरनाको काखमा गरेको विशेष गाउँ सभाका योजना कार्यन्वयन गर्न लागि परेको अवस्थामा कोरोना भाइरसका कारणले ति योजना ओझेलमा परेको छन

                                                                                                         फुक छहरी

प्राकृतिक सम्पदाका साथै धार्मिक क्षेत्रको प्रवद्धन,पचालझरनाको आधिकारी नापजांच,गन्तव्य स्थलका रुपमा पचालभरनालाइ स्थापित गर्नु,अर्गानिक कृषि उत्पादनमा जोड दिदै आएको पचाझरना गाउँ पालिकामा खरमुक्त गाउँ बनाउने, पशुपालनमा जोड दिन गोठालो भत्ताको व्यवस्थापन,आर्यघाट व्यवस्थापन (मसान गृह) निर्माण,धार्मिक मठ मन्दिर मर्मत सम्भार,स्वच्छ खानेपानिका लागि एक घर एक धारा निर्माण, जलविद्युत परियोजना निर्माण गरी विद्युतको पहुंच,प्रत्येक वडामा सडक विस्तार,नमुना कृषि फार्म,विपन्न समुदायहरुको घरनिर्माण,कोरोना भाइरसका समयमा असाहय विपन्नलाई स्थानिय उत्पादित खाद्यन्न वितरण,विना अन्रतविरोध प्रतिपक्षहरु विच विना भेदभाव सहकार्य सहमतिमा अगाडी बढ्दै सहयोग लिन सफल रहेको पचालझरना गाउँ पालिकामा जिल्लाको सबै भन्दा अगाडी बढेको गाउँ पालिका रहेको बताइएको छ । पचालझरना गाउँ पालिकामा समग्र क्षेत्रमा विकासको गति लिएको छ ।

बेडुलि छहरा

पचालझरनालाई नेपालको अग्लो झरनाका रुपमा स्थापित गर्नका लागि विशेष जोड दिदै आएको गाउँ पालिकाले ६२ औं गन्तव्य स्थलका रुपमा परिचित गराएको भएपनि पर्यटन बोडमा सुचिकृत गर्नु पर्नेमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पचालझरना गाउँ पालिका अध्यक्ष प्रमोद विकले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित