कालीकोट महोत्सव शुरु

7
SHARES
15
VIEWS

रुपेन्द्र ऐडी/कालीकोट । पहिलो पटक कालीकोट महोत्सव शुरु भएको छ । समृद्ध कालीकोटको प्रमुख आधार,कृषि पर्यटन,संस्कृति, उद्योग र पूर्वाधार भन्ने मुल नाराका साथ सप्ताह व्यापि महोत्सव शुरु भएको हो ।कर्नालि प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि शुरेष अधिकारीले उद्ध्घाटन गरेको महोत्सव मंसिर १७ गते सम्म संचालन हुने छ ।

कालीकोट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा कालीकोटको कला संस्कृति तथा रहन सहनको जगेर्ना गर्ने र कालीकोट जिल्लामा उत्पादित वस्तुको बजारीकरणमा सहजता गराउने बताइएको छ ।

कालीकोट उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतन बहादुर शाहीले पहिलो पटक महोत्सवको आयोजना गरिएकाले साथ दिने सबैलाई धन्यवाद दिदै कालीकोटको कलासंस्ृकतिको संरक्षण एवंम प्रवद्धन गर्ने र उत्पादित वस्तुको बजारीकरण गर्नु हामी सबैको दायित्व भएकाले स्थानिय कृषि वस्तुको प्रदर्शनि राख्न अनुरोध गरेका छन । कालीकोट जिल्लाका कृषकहरुले आ आफ्नो उत्पादित वस्तु राख्ने आयोजकले जनाएको छ । कालीकोट जिल्लाका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित