पचालझरनामा आगामी वर्ष स्वस्थ्य, कृषि र पर्यटनमा प्राथमिकता –अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । आर्थिक वर्ष २०७७रं०७८मा पचालझरना गाउँ पालिकाले स्वस्थ्य,कृषि र पर्यटनमा जोड दिने भएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले कर्नालि संचार संग कुरा गर्दै आउने वर्षमा स्वस्थ्य क्षेत्र जस्तो संबेदनशिल अंगलाई व्यवस्थित नगरी नहुने देखिएको बताउदै पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ ।

गाउँ पालिकामा १५ सैयाको अस्पतालका लागि तदारुपकता साथ लाग्ने तयारी गर्ने सोचमा रहेको बताइएको छ । त्यसै गरी गाउँ पालिकाबाट बाहिर गएका युवाहरु भित्रिएकाले उनिहरुको रोजगारको ग्यारेन्टि गर्नका लागि विशेष योजना बनाइ लागु गर्ने समेत बताउनु भएको छ । युवाहरुको समुह बनाई हरेक विकास निर्माणका कामलाई अगाडी बढाउने योजनामा समेत बनाइएको अध्यक्ष सेजुवालले भन्नु भयो “युवाहरुका सयौं टिमहरु गठनको जरुरी देखिएको छ त्यसका लागि गाउँ पालिका अग्रसर रहेको र रणनिति समेत बनाउन लागेका छौं ।”

त्यसका साथै अध्यक्ष सेजुवालले “आगामी वर्षको बजेटमा पचालझरना गाउँ पालिकाले पर्यटन क्षेत्रलाई व्यवस्थित गराउन निर्णायक योजना बनाई पचालझरनालाई पर्यटन प्रवद्धन गर्न विशेष  तरिकाले व्यवस्थापन गर्ने र होम स्टे सुविधा सम्पन्न गर्ने,पचालझरना सम्मको -यालिंग सहितको बाटो सम्पन्न गर्ने, धुलछहरी देखि पचालझरना सम्मको झोलुंगे पुल निर्माण गर्ने,नमुना कृषि फर्म र गाउँ पालिकाका सबै वडामा सम्पन्न भएका सडकहरुको स्तरन्नोति गर्ने” योजनामा तयारी भएको बताउनु भयो ।

पचालझरना गाउँ पालिकामा संघिय सरकारले २३ करोड २७ लाख बजेट व्यवस्थापन गरेको छ भने कर्णालि प्रदेश सरकारबाट बजेट विनियोजन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित