रुपन्देही हत्या प्रकरणः सबै मृतकको पहिचान

7
SHARES
15
VIEWS

रुपन्देही,जेष्ठ । जिल्लाको  तिलोत्तमा नगरपालिका–१०, स्थित गंगादेवी पशुफार्ममा हत्या गरिएका पाँचै जनाको पहिचान खुलेको छ। गए राति हत्या गरिएका सवै जनाको पहिचान खुलेको मंगलापुर प्रहरी चौकीका नायब प्रहरी निरीक्षक लक्ष्मण थापाले  बताउनु भयो ।

वहाँका अनुसार, मृतकहरु माधव मुसहर (४०), जानकी मुसहर (३७), पोषराज मुसहर (१४), करन चौधरी (१७) र आशिष चौधरी (१७) छन्। माधव र जानकी पतिपत्नी हुन्।

भैंसी फार्ममा उनीहरुको हत्या भएको थियो। हत्याको अभियोगमा झपेन्द्र सिञ्जालीलाई पक्राउ गरिएको छ। सिञ्जाली ६ महीनादेखि फार्ममा कार्यरत थिए।

सामूहिक हत्यापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विज्ञप्ति निकाल्दै घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। सामूहिक हत्या प्रकरणले सुरक्षा चुनौती देखिएको भन्दै नेकपाले दोषी माथि कारबाहीको माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित