बिदेशमा रहेका महाबैका युबाहरुले स्थानीय सरकारलाइ रोजगारी सृजना गर्न दबाब

7
SHARES
15
VIEWS

कालीकोट । महाबैबाट बिदेशमा रहेका युबाहरुले आफुहरुलाइ स्वदेश फर्काइ रोजगारी दिन अनुरोध गरेका छ्न ।विभिन्न पेशाको सिलसिलामा बिस्देशमा रहेका युबाहरुले अहिलेको नेतृत्व जनताको हितमा काम गर्ने पक्षमा रहेको बताउदै पहिलो प्राथमिकतामा राखेर युबाहरुलाइ रोजगारी दिने कार्यक्रम ल्याउन अनुरोध गरेका छ्न ।
कर्नाली प्रदेश कालीकोट जिल्ला महावै गाउँ पालिकाबाट बिश्वका विभिन्न देशमा छरिएर रहेका युबाहरुको समग्र बिकासमा टेवा पुर्याउने उद्देश्यले यस समाजको गठन गरिएको बताइएको छ ।
२०७९ जेष्ठ अन्तिम साता माहावै गाउँ पालिका निवासी सर्जन रावत को अध्यक्षतामा भर्चुअल माध्यम बाट भएको भेलाले अध्ययन तथा रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका महावै निवासीहरुको सानदार उपस्थितिमा वैदेशिक रोजगार बाट स्वदेशी रोजगार बन्न र गाउँ पालिकामा हुने राम्रो कामको समर्थन तथा नराम्रो काममा खबरदारी गर्ने लगाएतका विषयमा गम्भिर छलफल भएको बताइएको छ । उक्त बैठकले अहिलेको स्थानीय सरकारले बिदेशमा रहेका युबालाइ गाउँमा फर्काएर स्वरोजगार बनाउन सुझाब दिने निर्णय गरेको महावै गाउँ पालिका निवासी समाजका प्रमुख सल्लाहकार मनिकेश भट्टराईले बताएका छन ।
उक्त भेलाले माहावै गाउँ पालिका तीन निवासी अर्जुन सिह अनुरागी को अध्यक्षतामा सर्वसम्मत आफ्नो कार्यसमिति निर्माण गरेको छ जस अनुसार अध्यक्ष – अर्जुन सिह अनुरागी( मलेसिया) ,उपाध्यक्ष – राजेन्द्र शाही( कोरिया) , उपाध्यक्ष – बबिन शाही(जापान)महासचिव जनक सिह (कोरिया) , उपमहासचिव :प्रकाश सिंह ( कोरिया) , सचीव :हिक्मत चौंलागाइ (कोरिया) , कोषाध्यक्ष गोपाल बहादुर शाही( कोरिया) ,लगाएतका सदस्य रहने गरेर सह कोषा अध्यक्ष :कमल काफ्ले लगाएत ५१ सदस्य रहेको कार्यसमित गठन गर्नुका साथै सल्लाहकार समिती समेत गठन गरेको छ ।
समाजले गाउँ पालिका लाई सकारात्मक सुझाव सल्लाह सम्प्रेषण गरिरहने बताइएको छ साथै महाबै गाउँ पालिमाको समग्र बिकास का लागि आर्थिक भौतिक नैतिक सम्पुर्ण रुपमा सहयोग पुर्‍याउने समेत प्रतिबद्धता गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित