Skip

News Portal

  • जिवनमा एक पटक हेर्नै पर्ने नेपालको अग्लो पचालझरना (तस्विरहरु सहित)

    रुपेन्द्र ऐडी३ असाेज
    ४३६ पटक
    ३ असाेज

    कालिकोट  ।  पचालझरना गाँउपालिकामा रहेको पचाल झरना देशकै अग्लो झरना हो । उक्त झरना नेपालको अग्लो झरना तेर्हथुमको हयातुङ् झरना भन्दा पचालझरना १६ मिटर अग्लो छ । नेपाल पर्यटन वर्ष २०२०का अवसरमा ६४ औँ पर्यटकीय गन्तव्य स्थानमा पर्न सफल भएको उक्त झरनाको संरक्षण प्रवद्धन र विकासका लागि स्थानिय निकाय लागि परेको छ । अहिले नापि विभागबाट स्थलगत रूपमा नांपजाँच भएर प्रक्रिया अघि बढेकाे छ ।

    कालिकोट जिल्लाको (साविक राम्नाकोट गाविस वडा न.७,८ र ९को खार्दु) पचालझरना गाउँपालिका ३ खार्दुमा रहेको पचाल छहडोबाट बनेको पचाल झरना हो । चर्चित पचालो देवताको नामबाट स्थापयत उक्त छहरो गाउँ भन्दा अलि टाढा रहेको छ ।प्राचिनकालमा देवता र भुत विचको लडाई ताका भुतहरुको वास स्थानका रुपमा उक्त छहरा नजिक बस्ने गरेको पाइएका्े छ । पछि गएर समुदायको रक्षाका लागि झरनामा पचालो देवता बस्दै जाँदा पचाल छहडोको नाम रहेको बुढापाकाहरुको भनाई रहेको छ ।

     

    मनमोहक दृष्य पचालझरना

    समाजसेवि तथा वृद्ध सर्पे कठायतका अनुसार उहिलेका जुगमा पचालोका कारण मानव वस्तिको रक्षा गरेको र छहडा माथि पचालोको बास हुने भएकोले पचाल छहडी भनिएको बताउनु भएको छ ।टाढा बाट हेर्दा जति सुन्दर देखिन्छ पचाल झरना नजिक जाने हो भने मनमोहक दृष्यले झनै मन लोभ्याउने गरेको छ । आफने गती र बेगमा बगीरहेका देख्न सकिन्छ ।

    ति सबै मनमोहक दृश्यको त्रिबेणी अर्थात तिर्थस्थल जस्तै लाग्ने पचाल झरनाको मन्दिर खिप्ला ठुलो घनाघोर जंगल घाँसे मैदान,भारपाटाको फेदी,तारु लगाएतका पाटनको दृष्यलोकन गर्न सकिने भौने लेख पनि महव्तपूर्ण रहेको छ त्यस क्षेत्रका सालिम पाटन लगाएतमा महत्वपुर्ण जडिबुटीले सिंगारीएका छन ।

    फोटो सेसनमा स्थानिय वासिहरु

    पचालझरनामा बर्षमा ६ महिना घाम लाग्ने र बाँकी६ महिना घाम नलाग्ने झरनाको अवस्था रहेको छ हिउँदको समयमा जमेको पानीका थोपाहरु सिसा जस्तै बनेर धारा प्रवाहका रूपमा बग्ने गर्छन ।

    बसन्त ऋतुमा फुलेका लालीगुराँसको सजिसजावटको गुणगान जति गरे पनि कमै हुने गर्दछ । झरनालाई हिंउले दुलही जस्तै रहेको भान हुन्छ । यस बसन्त ऋतुमा पाक्ने काफलले जो कोहीलाई मोहीत तुल्याउछ ।

    पचालझरना अवलोकनका लागि प्रवेश द्धार

    पर्यटन मन्त्रालयले देश भरका १०० पर्यटकिय गन्तव्य स्थल मध्य कालीकोट जिल्लाको पचाल झरना गाउँपालिकामा अवस्थित उक्त झरना देशकै ६४ औँ स्थानमा पारेको हो । यो झरना नेपालको सवै भन्दा अग्लो झरना हो । यो नेपालको मात्र नभएर एसियाकै अग्लो झरना भएको दावी गरिएको छ । यसको लम्वाई ३८१ मिटर रहेको छ । यो भन्दा पहिले तेर्हथुमको हयातुङ् झरनाको उचाई ३६५ मिटर मात्र छ ।

    उक्त झरना २०६४ सालमा जिल्ला विकास समितिको पहलमा स्थलगत रुपमा अवलोकन गरी बाहिर आएको हो । तत्कालिन राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष जयकृष्ण संज्यालको पहलमा जिल्ला बाट टोलि खटाई नाप लिइएको भएपनि आधाकारिक्ता भने भएको थिएन । देश संघिय संरचनामा गैसके पश्चात वनेको स्थानीय सरकाको पहलमा यस्को डिजिटल प्रविधिबाट औपचारिक नाप लिएको हो। यस्को वास्तबिक उचाई पत्ता लागे संगै यो झरना विश्वकै ३० अग्ला झरनाहरु मध्ये पचालझरना पनि पर्यटकिय गन्तव्यको सुचिमा परेको छ । अहिले पर्यटकिय सुविधाका लागि यातायत सहज गर्न सडकको काम दुर्त गतिमा भइरहेको छ भने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पाहुना घर अर्थात होम स्टेको शुरुवात समेत गरिएको छ ।

    दृष्यलोकनका लागि शहिद पार्क

    पचाल झरना गाउपालिकाले विशेष गाँउसभाले पचाल झरनालाई पर्यटन मन्त्रालय मार्फत पर्यटन वोर्डमा कायम गराउने कुराले औपचारीकता प्रदान गराउदै देशभरीका १०० गन्तव्यको ६४ औ नम्बरमा पर्न सफल हुनु आफैमा गौरवको विषय भएको बताउदै यसको निरन्तर प्रवद्धन र विकासका लागि यस गाउँ पालिकामा रहेको अन्य पर्यटकिय क्षेत्रहरुको प्रबद्धन संग संगै गर्नु पर्नेमा जोड दिइएको छ ।

     

    विशेष गाउँ सभाका अतिथिहरुलाई तिन सय ८१ दाना स्याउको माला

    उक्त विशेष गाउँ सभामा पचालझरना गाउँ पालिकामा रहेका चुलिमालिकाको फेदीमा रहेको नौमुल,बेडुलि छहरा,दैतको तड्यो काट्या,भारपाटा, खार्दुमा रहेको लुवासुरी पचालो देवता लगाएतको प्रवद्धन गर्ने बताउदै तत्कालिन  गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पर्यटनको प्रचुर सम्भावना रहेको यस गाउँ पालिकालाई प्रदेश सरकार,संघिय सरकारबाट ठुलो सहयोग पुगाउनका लागि विशेष गाउँ सभा समेत गरिएकाे थियाे  ।
    पचालझरनालाई थप प्रचारप्रसार, विकाश र व्यवस्थित गर्दै देशकै नमुना पर्यटकिय गन्तव्यको रुपमा स्थापित गराउन अाफु लागि परेकाे वडा अध्पक्ष कृपलाल कठाएतले बताएका छन । उनका अनुसार पालिका र प्रदेश सरकारकाे ध्यान गएकाे खणडमा संघिय सरकारकाे पनि नजर पुग्ने अध्यक्ष कठाएतकाे भनाइ रहेकाे छ ।

    पहिलाे सरकारले काम अघि बढाएकाे भएपनि यित बेला नेपालकाे अग्लाे झरनालाइ राजपत्रमा  प्रकाशित गरेर अाधिकारिक रूपमा नेपालकाे अग्लाे झरना कायम गराउन लागि परेकै कारणा नापि विभागबाट इन्जिनिएर सहितकाे टाेलि अाइपुगेर नापजाँच शुरू गरिएकाे बताउदै गाउँ पालिका अध्यक्ष देबराज शाहीले सबै प्रक्रिया पुरा हुने र महत्वपूर्ण गन्तव्य स्थल हुनेमा लागि परेकाे बताएका छन ।

    पर्यटकहरुको वास व्यवस्थापनका लागि पाहुना घर

    प्रतिकृया दिनुहोस्