Skip

News Portal

  • सुदन किरातीले गरे खादा माला वापत आएको रकम विद्यालयमा अक्षयकोष

    कर्नालीसंचार संवाददाता
    २३६ पटक

    नेपालगंग । संस्कृति तथा पर्यटन मन्त्रि सुदन किरातीले आफू मन्त्रि पदमा निशक्ती भएपछी आफूलाई स्वागतका लागि मालाको सट्टा रकम सहयोग गर्न अनुरोध गरेपछि संकलन भएको रकम भोजपुरको एक विद्यालयलाई हस्तान्तरण गरेका छन। मन्त्रि किरातीले जम्मा भएको छ लाख चार सय चौतिस रुपैयाँ आमचोक गाउँ पालिका भोजपुरमा रहेको सरस्वती माध्यामिक विद्यालय दुस्मानालाइ चेक हस्तान्तरण गर्दै अक्षयकोष खडा गरी उचित प्रयोग गर्न निर्देशन दिएका छन् ।

    मन्त्री किरातीले अक्षयकोषमा जम्मा रकम बाट आएको व्याज वापत २५ प्रतिशत मुल पुजिमा गाभ्ने र वांकी ७५ प्रतिशत प्रत्येक वर्ष एसइइ मा उत्कृष्ट नतिजा ल्याउने एक जना छात्रा र एक जना छात्रलाइ छात्रवृति दिने बताइएको छ । विजया दशमी २०८० को शुभकामना आदान प्रदानका लागे भोजपुर पुगेका मन्त्रि किरातीले यस अघि दुर्गमको विद्यालयलाई सहयोग गर्ने बताएका थिए।

    उक्त कार्य प्रति विद्यालय परिवारले मन्त्रि किरातीलाई धन्यवाद दिदै उक्त रकम सदुपयाेग गर्ने प्रतिवद्धता जनाएका छन् ।

    प्रचण्ड नेतृत्वको सरकारका पर्यटन मन्त किराती कार्य सम्पादनमा उत्कृष्ट काम गर्ने भित्र पर्दछन। उनले अहिले कुनैपनि कार्यक्रममा खादामाला लगाउदैनन ।

     

    प्रतिकृया दिनुहोस्