News Portal

  • भारतियलाई दिएको नागरिकता खारेज,वास्तविक देबराजले पाउने भए नागरिकता

    रुपेन्द्र ऐडी१८ कात्तिक
    ३८५ पटक
    १८ कात्तिक

    नक्कलि देवराज धमाला (भारतिय नागरिक)

    कालीकोट । गएको वर्ष भारतिय नागरिकलाई आफन्त बनाई दिइएको नागरिकता खारेज भएको छ । रास्कोट नगरपालिका वडा न.८ निवासि भनि भारतिय नागरिक देबराज धमालाले संग एक महिलाले विवाहको नाटक गरी नागरिकता दिइएको थियो ।

    उक्त नागरिकता दिएको दुई महिना पछि सक्कलि देबराज धमाला घरमा आएपछि विवादमा आएको नागरिकता जिल्ला प्रशासन कार्यालय कालीकोटले खारेजिका लागि सिफारिस गरेको थियो । भारतिय नागरिक देबराज धमालालाई जिल्ला प्रशासन कार्यालय कालीकोटमा गएको वर्ष २०७९ मंसिर २३ गते ना.प्र.न.६१-०१-७९-०२९४९ रहेको नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले प्रदान गरेका थिए ।

    नेपाल सरकार मन्त्रिपरिषदले यहि कात्तिक १६ गते बसेको मन्त्रि परिषदको बैठकले उक्त नागरिकता खारेज गर्ने निणर्य गरेको हो । उक्त निर्णय संगै काभ्रेपलाञ्चोकबाट निमा तामांगको नाममा समेत झुटो विवरण पेश गरी नागरिकता लिएकोमा सो समेत खारेज गरिएको नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन ।

    वास्तविक देवराज धमाला

    प्रतिकृया दिनुहोस्