Skip

News Portal

  • वडाध्यक्ष बमको सक्रियतामा पलाताको फागोटीमा झिलिमिलि

    रुपेन्द्र ऐडी१ माघ
    २४५ पटक
    १ माघ

    कालीकोट । तिन महिना देखि बन्द रहेको पलाताको विधुत सेवा सुचारु भएको छ। पलाता वडा नम्बर ७ को फागोटीमा संचालित वुच्चीगाड जलविद्युत् आयोजना गएको तीन महिना देखि बन्द रहेको विद्युत सुचारु गरिएको हो।
    पलाता ७ का वडा अध्यक्ष कल बहादुर बम सहित लामो समय देखि विद्युत क्षेत्रको कामको जिम्मा लिदै आएका जनराज बमले विद्युत मर्मत सम्भार पछि सुचारु गरिएको हो। पलाता ७ का अध्यक्ष वमका अनुसार विद्युतको संरक्षणका लागि पछि भुक्तानि गर्ने गरी सुचारु गरिएको हो।
    लामो समय अन्धकारमा रहेका वडा नम्बर ७ निवासी समुदायले माघि पर्वको अवसरमा उज्यालो पाएपछी समुदायमा खुशियाली छाएको छ ।
    पलाता ७ मा चालु आर्थिक वर्षमा सडक विस्तार देखि अन्य काम समेत संचालन हुने बताइएको छ।

    प्रतिकृया दिनुहोस्