पलाताले स्थानीय पाठ्यक्रम बनाउदै

7
SHARES
15
VIEWS

कालिकोट । पलाता गाउँ पालिकाले स्थानीय पाठ्यक्रम निर्माण थालेको छ । पलाताका सरोकारवाला बीच आज स्थानीय पाठ्यक्रम सम्बन्धी  अन्तरक्रिया कार्यक्रम गरिएको छ। पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाको उपस्थितिमा अन्तरक्रिया  कार्यक्रम गरिएको हो ।

सिल्क रोड कन्सल्टेन्सी प्रालि ललितपुरको आयोजना तथा पलाता गाउं पालिकाको सहआयोजना भएको कार्यक्रममा पलाता गाउँ पालिका शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारी, नेपाल शिक्षक संघका प्रदेश अध्यक्ष मान बहादुर रोकाया,विभिन्न शिक्षक संघ संगठनका प्रमुख, पलाताका सबै माध्यमिक विद्यालयका प्रधानध्यापक,शिक्षक अभिभावक,राजनैनिक दलका प्रतिनिधि तथा अन्य शिक्षा संग सम्बन्धित ब्यक्तित्वको उपस्थिति रहेको बताइएको छ ।

सो कार्यक्रम पछि केही समय भित्र स्थानीय पाठ्यक्रम निर्माण गर्न सर्जन प्याकुरेलको संयोजकत्वमा ९ सदसदीय कार्यदल गठन गरिएको शिक्षा शाखा प्रमुख भण्डारीले बताएका छन ।

जिल्लाका पचालझरना,महाबै लगाएतका गाउँ पालिकाले आफ्नै स्थानिय पाठ्यक्रम निर्माण गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित