शुभकालिकाका स्थानिय माथि गाउँ पालिका कर्मचारीद्धारा आक्रमण

7
SHARES
15
VIEWS

कालीकोट । व्यवसायि तथा विद्यार्थि नेता भिमप्रसाद आचार्य माथि आक्रमण भएको छ । पारिवारिक भेटघाटमा सुर्खेत देखि कालीकोट आएका आचार्य माथि अज्ञात समुहले आक्रमण गरेको  बताइएको छ । शुभकालिका ६ निवासि आचार्य सुर्खेतमा व्यवसाय गर्दै आएका छन ।

सख्त घाईते भएका आचार्यको कर्नालि प्रदेश अस्पतालमा उपचार भइरहेको छ । अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव समेत रहेका आचार्य माथि आक्रमण गरेको आरोपमा शुभकालिका गाउँ पालिकाका लेखापल कृष्ण रोकाया र पशु शाखामा कार्यरत नविन शाहीको संलग्नता रहेको परिवारले आरोप लगाएका छन । घटनाका दाेषि भनिएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको जनाइएको छ ।
आचार्यका टाउको, दायाँ आँखामा गंभीर चोट लागेको भिम प्रसाद आचार्यका दाजु गोविन्द आचार्यले बताएका छन । उनले भने आफ्नो भाइ माथिको आक्रमण नियोजित रुपमा योजनाबद्ध तरीकाले भएकाले दोषि उपर कडा कार्वाही हुनु पर्ने बताएका छन ।

केन्द्रिय सचिव भिम प्रसाद आचार्य माथि भएको आक्रमणको भत्सर्ना गर्दै अखिल क्रान्तिकारी जिल्ला समिति कालीकोट र केन्द्रिय समितिले दोषि माथि कडा कार्वाहीको माग गरेका छन । अखिल (क्रान्तिकारी) कालीकोट जिल्ला अध्यग खगेन्द्र मल्ल द्धारा हस्ताक्षरित विज्ञप्तिमा कडा कार्वाही नभए आन्दोलन गर्ने चेतावनि दिइएको छ भने ।

अखिल (क्रान्तिकारी)का केन्द्रिय महासचिव दिपेश पुन द्धारा विज्ञप्तिमा विना कारण सांघातिक आक्रमण गरिएकोमा निन्दा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित