पलांता अध्यक्ष रोकाया सहितको टोलि जनश्रम गर्दै घरदैलो भेटघाट तथा अनुगमनमा व्यस्त

7
SHARES
15
VIEWS

कालीकोट । माओवादीको नेतृत्वमा रहेको पलांता गाउँ पालिकाको टोलि जनभेटघाटमा व्यस्त रहेको छ । पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया,उपाध्यक्ष अलैपुरा हमाल(जैसी),प्रमुख कार्यकारी अधिकृत शुरेश कुमार श्रेष्ठ सहितको टोलि गाउँ गाउँमा पुगेर योजनाको अनुगमन तथा जनभेटघाटमा व्यस्त रहेको छ ।

बुधबार पालिका केन्द्र रानि विसौनामा बन्दै गरेको सौचालयको काममा श्रम गर्दै गाउँ घरमा पुगेर जनश्रम गर्दै टोलि अघि बढेको छ । पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाका अनुसार पलांत गाउँ पालिकाको १४ औं गाउँ सभा गरेर जनताका सुझावहरु बझेर पालिकामा केन्द्रित भइ बजेट बनाउन लागि पर्ने अवस्थामा गाउँमा पुगेर योजनाको अनुगमन सहित जनभेटघाट गरी वडा न. ७का सडक,वडा न.८को स्वस्थ्य चौकी लगाएतका योजनाको अनुगमन गरिएको बताएका छन ।

चालु आर्थिक वर्षमा शुरु गरिएका योजनाहरुको काम समयमै भएको र भुक्तानिको अन्तिम प्रक्रियामा रहेका योजनाको भुक्तानि प्रक्रिया अन्तिम चरणमा पुगेको र काम गुणस्तर नभएकाहरुको हकमा रोकिने बताएका छन । पलांता गाउँ पालिकाले विभिन्न योजनाहरुका साथै सडक र शिक्षामा प्राथमिकता दिदै आएको छ ।
जिल्लाका अन्य पालिका भन्दा पलांत गाउँ पालिकाले अघिल्लो वर्ष र यस वर्षमा पनि वडा देखि गाउँ पालिका सम्म वार्षिक सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित