राहत शिक्षक हकहितका लागि अघि बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । राहत शिक्षकहरुले खस्कदो शैक्षिक अवस्थालाई सुधार गर्न विशेष जोड दिन सरोकारवालालाइ आग्रह गरेको छ । राहत शिक्षक समिति कालीकोटको चौथो बैठकले तत्कालै प्रकाशित एसइइको परिक्षालाई लक्षित गर्दै पछिल्लो शैक्षिक अवस्थाको समिक्षा गरेको छ ।

जिल्ला सदरमुकाम मान्ममा बसेको सो बैठकले जिल्लामा राहत शिक्षकहरुका तर्फबाट भुमिका निर्वाह गरेको रआगामि दिनमा शैक्षिक गुणस्तर कायम गर्न थप लागि पर्न सबै निकायका तर्फबट अघि बढ्नु पर्नेमा जोड दिएको छ । नेपाल राहत शिक्षक समिति कालीकोटका अध्यक्ष मिमबहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले राहत शिक्षकहरुको हकहितका लागि अघि बढ्नुका साथै राहत शिक्षकले थालेको अभियानलाइ सफल पार्न सबैलाई आग्रह समेत गरेको बताइएको छ ।

बैठकमा सहभागिहरुले आगामि अषाढ २८ देखि २९ गते हुने केन्द्रिय अधिबेशनमा सहभािगताका लागि समेत निर्णय गरेको छ । राहत शिक्षक समिति कालीकोटका सचिव धनकर्ण विकका अनुसार देशभरका ४० हजार राहत शिक्षकहरुलाई स्थायिका लागि संगठनले चालेको अभियानमा सरकारले समेत सकरात्मक भुमिका निर्वाह गर्ने आशामा संगठ रहेको बताएका छन । कालीकोट जिल्लामा कार्यरत तीन सय ३२ जना राहत शिक्षक रहेको बताएका छन ।

उक्त बैठकले कालीकोट जिल्लाबाट २५ जना राहत शिक्षक प्रतिनिधि केन्द्रमा पठाउने निर्णय समेत गरेको सचिव विश्वकर्माले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित