पचालझरना पूर्ण खोप सुनिश्चितता घोषणा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाँउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ ।

गाउँ  पालिकामा १६ देखि ५९ महिना उमेरका सम्पुर्ण बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउने सबै खोप दिलाई ९ वटै वडा पुर्ण खोप सुनिश्चितता प्रमाणीकरण भए पश्चात् आज एक कार्यक्रमका विच घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वयका संयोजक धनजित शाहीको प्रमुख अतिथिमा भएको कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीलाई पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दीगोपना प्रमाण-पत्र प्रदान गर्दै बिधिवत रूपमा घोषणा गरिएको छ ।

सो कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख मिना रावत लगाएतको उपस्थिति रहेकाे थियो ।जिल्ला स्वास्थ्य कार्यलय कालीकाेटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार जिल्लाका अधिकाँस स्थानिय तहहरु पूर्ण खाेप सुनिश्चितता घाेषणा भइसकेकाे बताउदै पचालझरना गाउँ पालिका पनि पूर्ण खाेप सुनिश्चितता  पालिका घाेषणाले स्वास्थ्य क्षेत्रमा नयाँ फड्काे मारेकाे बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित