देशभर रोपाइमा विप्लव नेकपाका नेता कार्यक्रता

7
SHARES
15
VIEWS

कालीकोट । देशभर कृषि उत्पदानका लागि विप्लव नेकपाले धान रोपाइ थालेको छ । विप्लव नेतृत्वको नेकपाले सबै नेता कार्यक्रताहरुलाई कृषि उत्पादनका लागि आ आफ्नो कार्यक्षेत्रमा खटाएको छ ।

जिल्लाको बांझो जमिन रहेको रास्कोट नगर पालिकाको भात्तडीमा धान रोपाइ गरेको छ भने पचालझरना गाउँ पालिकाको नानिकोटमा कोदो रोपेको छ । नेकपाका केन्द्रिय सदस्य मनलाल ऐडी(रणदिप सि)को नेतृत्वमा धान रोपाई गरेको हो ।

धान रोपाइमा सहभागि नेता कार्यक्रताहरुले कृषिमा आत्मनिर्भर बनाउनका लागि सबै तहका नेता कार्यक्रताहरु परिचालन गरेकाले सो अभियान सफल पार्न लागि परेको बताउदै केन्द्रिय सदस्य रणदिपले आत्मनिर्भर बनाउनका लागि सबै पार्टीका नेता तथा कार्यक्रताहरुले स्थानिय स्तरमा उत्पादनमा लाग्नु पर्नेमा जोड दिएका छन ।

त्यसै गरी मंगलबार नेपालगंजको बांकेमा नेकपाका प्रवक्ता तथा स्थायि समिति सदस्य खडगबहादुर विश्वकर्मा(प्रकाण्ड)को उपस्थितिमा धान रोपाइ गरिएको केन्द्रिय सदस्य शक्ति विक (हिमशिखर सि) ले बताएका छन । त्यसै गरी सुदुर पश्चिमको जिम्मेवारी लिएका भरत बम(रणविर सि)को नेतृत्वमा धान रोपाइ गरिएको कैलालिबाट सहकर्मिले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित