मान्म खानेपानिको बक्यौता २४ लाख,समयै भुक्तानका लागि समितिको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । मान्म बजारको एक मात्र खानेपानिको बक्यौता रकम २४ लाख नपुग रकम अहिले सम्म नदिएकै कारण समितिले सुचना प्रकाशित गरेको छ । लामो समय देखि खानेपानिको महसुल नबुझाउने १५ जनाको नाम किटान गरी सुचना प्रकाशित गरेको छ । खानेपानि उपभोक्ता समितिका अध्यक्ष जनेश शाही र सचिव रमेश नेपालि द्धारा हस्ताक्षरित सुचनामा छिटो भन्दा छिटो बक्यौता रकम भुक्तान गर्न आग्रह गरिएको छ ।

१५ जना उपभोक्ता मध्ये सबै भन्दा बढि गणेश बहादुर शाहीको नाममा रहेको छ । शाही यस अघिका खानेपानि उपभोक्ता समितिका अध्यक्ष हुन । उनले विगत तिन वर्ष अघि देखिको रकम भुक्तान नगरेको जनाइएको छ ।

समितिले २०७२ भाद्रमा लेखापरिक्षण गरेकोमा हाल उक्त रकममा एक दशमलव पांच प्रतिशत व्याज लगाएको जनाएको छ । यदि समयमै बक्यौता रकम भुक्तान नगरेको खण्डमा कानुनि प्रक्रियामा अघि बढ्न बाध्य हुने जनाएको छ ।

यस अघिको अवस्था खानेपानिमा समस्या आएको भएपनि चुलि बृहत खानेपानि संचालनले सहजता आएको छ ।
मान्म खानेपानि उपभोक्ता समितिले खानेपानि व्यवस्थापनका लागि समितिले केही व्यक्तिका लागि निजि धारा दिएको भन्दै सेवाग्राहीले विरोध जनाउदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित