पत्रकार महासंघ प्रदेश अध्यक्ष देबकोटालाई मातृशोक

7
SHARES
15
VIEWS

रुपेन्द्र ऐडी – कालीकोट । नेपाल पत्रकार महासंघ कर्नालि प्रदेशका अध्यक्ष देविराम देबकोटालाई मातृशोक परेको छ । अध्यक्ष देबकोटाकी ममतामयि आमा दिलु देबकोटाको ७९ वर्षको उमेरमा आफ्नै घरमा साउन ३० गते निधन भएको हो ।

लामो समय देखि दमको विरामी रहेकी देबकोटाको निधन प्रति नेपाल पत्रकार महासंघले दुख व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघका सचिव रोशन पुरी द्धारा हस्ताक्षरित समदेनामा दुख व्यक्त गर्दै स्वर्गिय आमा प्रति श्रद्धाञ्जलिका साथै घरपरिवाजनमा गहिरो समबेदना व्यक्त गरेका छन ।

नेपाल पत्रकार महासंघ कर्नालि प्रदेश अध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका देविराम देबकोटाको आमाको निधन प्रति दुःख व्यक्त गर्दै जिल्ला स्थित प्रेस संग संगठनहरुले समबेदना व्यक्त गरेका छन ।

मातृशोकमा परेका देबकोटाले आमाको सम्झनामा यसो भनेका छन  : आमा अब भौतिक रूपमा हामी माझ नरहे पनि हरपल हाम्रो सम्झनामा रहनुहुनेछ । नैतिकता, इमान्दारिता र सत्यवादिता तपाईंको जीवन हो । हिमाल जस्तै उच्च आत्मविश्वास, आकाशजस्तै फैलिएको करुणा, सागरजस्तै गहिरो चेतनाकी प्रतिमूर्ति तपाईंको जीवन समयनिष्ठ, स्वच्छ र परिश्रमयुक्त थियो । तपाईंसंग भएका अथाह शिक्षाप्रद कुराहरू यहाँ म शब्दमा व्यक्त गर्न सक्दैन तर जिवनभर आत्मसात गरिरहने छु । हार्दिक श्रद्धाञ्जली आमा, हजुरको बैकुण्ठमा बासहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित