जुम्लाको धर्मशालामा डा.गोविन्द केसिको १९ औँ आमरण अनसन

7
SHARES
15
VIEWS

जुम्ला । डा. गोविन्द केसीले  जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको बाबिरा मन्दिरको धर्मशालामा बसिरहेका छन् । जुम्लाका विभिन्न स्थानमा आमरण अनसन बस्न खोजे पनि उनलाई प्रशासनले रोक लगाएपछि वाध्य भएर एउटा धर्मशालामा बसेर सत्याग्रह थालेका हुन् ।

डा. गोविन्द केसीले १९ औँ चरणको सत्याग्रहमा निस्फिक्री बसिरहेका छन् ।  कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही जुम्ला आउने थाहा पाएपछि अनसन शुरु गरेको बताइएको छ ।

उनको एउटै उद्धेश्य छ –स्वास्थ्यमा सबैको पहुँच । त्यसका लागि उनले चिकित्सा शिक्षा सुधारको माग गरिरहेका छन् । त्यसमार्फत नै हरेक नेपालीले निःशुल्क स्वास्थ्य सेवा पाउनेमा डा. केसी विश्वस्त छन् ।

तर उनका अनुयायी र प्रशंसकले सत्याग्रह नबस्न पनि आग्रह गरेका छन् । जुन सरकारले उनलाई मरे हुन्थ्यो भन्ने व्यवहार गरिरहेको छ त्यसविरुद्ध लड्न एक्लै सम्भव छैन भन्ने मान्यता उनका प्रशंसकको हो ।

तर उनको सत्याग्रहका कारण सरकारको जग पनि हल्लिन्छ । हल्लिन कर लाग्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले जतिसुकै भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ भने पनि गोविन्द केसी जति जति पटक आमरण अनसनमा बस्छन् त्यति त्यति ओलीको सत्ताको जग पनि हल्लिन्छ । किनकि ओलीको भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ व्यवहारमा ‘शून्य’ रहेको हो ।

गोविन्द केसी ६ वटा माग राखेर सत्याग्रहमा बसेका छन् ।  उनले भ्रष्टाचारीलाई छानबिन गरी कार्वाही गर्न माग गरिएको छ ।

  • उनका मागहरु
    १ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् ।  गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।
    २ मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।
    ३ हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।
    ४ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।
    ५ बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस् ।
    ६ राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस् । यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस् । अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस् ।

डा गोविन्द केसी
जुम्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित