पचालझरना विपद व्यवस्थापनको तयारीमा

7
SHARES
15
VIEWS

कालीकोट/जेष्ठ,पलांता रणमैदानमा गैरहेको बेला त्यसको छिमेकी गाउँ पालिका भने विपद व्यवस्थापनको बैठकमा जुटेको छ ।

पचालभरना गाउँ पालिकामा आज शुरु भएको विपद व्यवस्थापन समितिको बैठकले यस अघिको कोरोना रोकथामका बारेमा खेलेको भुमिकाको समिक्षा र आगामी रणनिति तय गर्ने बैठक शुरु भएको बताइएको छ पचालझरना गाउँ पालिकामा जिल्ला बाहिर रहेका ७ सय नागरिको उद्धार पछिको यो दोस्रो बैठक हो ।

गाउँ पालिकाले विदेशमा रहेका विशेष गरी भारतमा रहेका आफ्ना नागरिकलाई जिल्ला ल्याउदा गर्नु पर्ने व्यवस्थापनका बारेमा बैठकले निणर्य लिने वडा न. ३का वडा अध्यक्ष लोकजंग कठायतले बताउनु भएको छ ।

बैठकले यस पछिको व्यवस्थापनका लागि भित्रिएका नागरिकको स्वस्थ्य जांच लगाएतको व्यवस्थापनको तयारी गरेको छ । पचालझरना गाउँ पालिकाले कोरोना रोकथामका लागि वडा स्तरिय घरदैलो कार्यक्रम, जिल्ला बाहिर र विदेशमा रहेका नागरिकहरुको विवरण संकलनका साथै असाहय तथा विपन्नहरुलाई स्थानिय खाद्यन्न खरिद गरी  दिइसकेको छ । गाउँ पालिकाका अनुसार १ सय ६९ जनालाई ३ हजार दुई सय ७३ पाथि मकै वितरण गरेको थियो भने राहतकोषका लागि व्यबस्थापन गर्ने जिल्लाको पहिलो गाउँ पालिका हो ।अब दोस्रो चरणको राहत वितरण तयारी गरेको आइटि अफिसर प्रकाश कठायतले बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित